प्रभावकारी नीति नियम



देशका सबै स्थानीय तहले नीतिअनुसार बजेट विनियोजन गरेको खबर आइरहेको छ । बजेट विनियोजनसँगै प्रभावकारी नीति र नियमहरु पनि कतिपयले ल्याएका छन् । गतवर्ष ल्याएका प्रभावकारी नीतिहरु यो वर्ष कार्यान्वयन कत्तिको भयो भनेर विश्लेषण गर्ने बेलासँगसँगै आगामी वर्ष २०७५÷०७६ लागि पनि नयाँ नीति र बजेट स्थानीय सरकारले ल्याएको छ ।

गतवर्ष मुलुकको नयाँ संरचनाअनुसार अनुभवको वर्ष भयो । अब यो वर्षबाट प्राप्त भएका अनुभवहरु र अप्ठेराहरुको सहजीकरण गर्दै नयाँ ढंगबाट अगाडि बढ्नु आजको आवश्यकता हो । जबसम्म नयाँ नीति निर्माण गरेर पूर्णरुपमा सुशासन कायम गर्दै स्थानीय सरकार अगाडि बढ्न सक्दैन तबसम्म विकासले ठोसरुपमा फड्को मार्न सक्दैन ।
– निराजन सुवेदी, रोल्पा ।

प्रतिक्रिया दिनुहोस्