जिवितदेवि कुमारीको दर्शन गर्न जाँदै हिमानी



काठमाडौं,(नेस) ।
पूर्व युवराज्ञी हिमानी शाह, पुत्र हृदयन्द्र र दुई छोरी पुर्णिका र किर्तिकाले जिवितदेवि कुमारी दर्शन गर्ने कार्यक्रम रहेको छ ।

बिहान पशुपति दर्शन गरेका परिवारले अहिले कुमारी दर्शन गर्न लागेको हो । पारस बाहेक हिमानी सहितको परिवार वशन्तपुर स्थित कुमारी घरमा कुमारीको दर्शन गर्न लागेको हो ।

युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले हिमानी सहितको परिवारलाई दर्शन गर्ने व्यवस्था मिलाउनुभएको हो ।

हिमानी सहितको परिवारले अहिले साढे ४ बजे जिवीत देवी कुमारीको दर्शन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । c

प्रतिक्रिया दिनुहोस्