ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु,आक्रोशित पक्षले गर्यो आगजनी



बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि आक्रोशित सर्वसाधारणको टोलीले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्