डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ: सिटौला



चितवन, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताउनुभयो ।

उहाँले उठाउनुभएका माग जायज छ भन्दै उहाँले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उहाँको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।”

उहाँले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्