डोटीमा सरकारविरुद्ध तरुणको विशाल जुलुस



विमल विष्ट, डोटी ।
नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलले डोटीमा जुलुस निकालेका छन् । उनिहरुले जिल्लामा सरकार विरुद्ध प्रदर्शन समेत गरेका छन् । तरुण दलका डोटी अध्यक्ष नारायण बलायरको नेतृत्वमा पिपल्ला बजारमा निस्किएको जुलुसले आज सोमबार प्रशाशन कार्यालय डोटीमा पनि करिब १ घण्टा धर्ना दिएका छन् ।

अनशनरत डाक्टर गोविन्द केसीका जायज माग पुरा गर्न पनि सरकारले चासो नदेखाएको, सरकारले दिनप्रतिदीन महंगी मात्र बढाइरहेको र काठमाण्डौमा तरुण दलले गरेको कार्यक्रममा अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारीहरुलाई प्रहरीले लाठीचार्ज गरि घाइते बनाएको बिरोधमा डोटीमा तरुण दलले विरोध गरेको हो ।

आनदोलनमा उत्रिएका तरुण दलहरुले चिकीत्सा शिक्षा विधेयक संसदमा दर्ता गराउनुपर्ने माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्