स्तनपान गराउँदै क्याटवक



सामाजिक सञ्जालमा एक हलिउड मोडलले स्तनपान गर्दै र्याम्पमा बिरालोको चाल मारेको तस्वीर र भिडियो
भाइरल भइरहेको छ।


हलिउड मोडल मारा मार्टिनले शिशुलाई स्तनपान गराउँदै र्याम्पवक गरिरहेको तस्वीर र भिडियो भाइरल भएको हो। उनले हालै आयोजित स्पोर्टस इलस्ट्रेड स्विमसुट नामक फेशन शोमा आफ्नी ५ महिनाकी छोरीलाई स्तनपान गराउँदै र्याम्पमा आएकी हुन्। उक्त फोटो उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी थिइन्।

यस भिडियोलाई लिएर विवाद पनि उत्तिकै चलिरहेको छ। कसैले यसलाई बोल्ड महिलाको संज्ञा दिइरहेका छन् भने कसैले अश्लीलता प्रदर्शनको संज्ञा दिएका छन्। केहिले भने स्तनपान आमा र बच्चाको एकदमै निजी विषय भएकाले अरूको ध्यान आफूतिर तान्न यस्तो कदम उठाउन नहुने तर्क
दिएका छन्।

प्रतिक्रिया दिनुहोस्