जापानमा सम्पन्न भलिबल प्रतियोगिताको प्रथम उपाधि शिवज्योती युथ क्लबलाई



टोकियो । नेपालको राष्ट्रिय खेलका रूपमा घोषणा गरेको भलिबल खेल जापानमा सम्पन्न भएके छ ।
जापानमा रहेका विभिन्न सङ्घ सस्था र क्लब हरुले आयोजना गर्दै आइरहेको भलिबल प्रतियोगितालाई यसपटक नेपाल भलिबल सङ्घ जापानले आयोजना गरेको थियो । १० टिम सहभागी रहेको उक्त प्रतियोगिता टोकियोको कामता स्टेशन नजिकै रहेको ओता जिम्नासियम हलमा सम्पन्न भएको थियो ।
प्रथम पुरष्कार ३ लाख, द्वितिय २ लाख र त्रीतिय १ लाख जापानी यन पुरष्कार राशी रहेको प्रतियोगितामा शिवज्योती युथ क्लब प्रथम, गल्कोट स्पोर्ट्स क्लब द्वितिय र मोना जापान अ ले तृतिय स्थान हासिल गर्न सफल भएको थियो ।
नेपाल छदा राष्ट्रीय खेल खेलिसकेका खेलाडिहरु समेत यतिबेला अध्यायन अथवा कामको सिलसिलामा जापानमा रहेका छन ।
प्रतियोगितालाई सफल पार्न केन्द्रीय सल्लाहकार नारायण प्रसाद शर्मा र केन्द्रीय सदस्य तथा राष्टृय टिमका म्यानेजर राजकुमार गुरुङ जापान आएका थिए ।
‘राष्ट्रका लागी खेलकुद र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मुल नाराका साथ सम्पन्न भएको प्रतियोगिताको माध्यमबाट खेलप्रतिको माया र आपसी भाइचाराको विकाश गर्न सहयोग पुग्ने गरेको छ । खेल मा सहयोग गर्ने सबैलाई अध्यक्ष नबिन गुरुङले धन्यवाद प्रकट गरेका छन ।
विदेशमा रहे पनि राष्ट्रीय खेल भलीबलको विकाश होस भन्ने धेरै नेपालीहरुको आशा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्