जनसम्पर्क समिति जापानले गुटबन्दी अन्त्य गर्ने, केसीको समर्थन गर्दै सरकारलाई सोच्न आग्रह



जापान ।  जापानमा पनि ३६ औ बिपी स्मृति दिवसको अवसरमा “गुटबन्दि मुक्त कांग्रेस,हाम्रो कांग्रेस राम्रो कांग्रेस” जागरण अभियान भव्य रुपमा सम्पन्न भएको छ । जापानमा सक्रिय नेपाली कांग्रेसका करिव ८० जना क्रियाशील सदस्यहरु सहित टोकियो र जापानका बिभीन्न क्षेत्रवाट जम्मा भएका कांग्रेसीहरु जापानको पर्यटकिय स्थल निक्कोमा जमघट गरेर जागरण अभियानलाई सफल वनाएका छन् ।
नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीको आयोजनामा गरिएको जागरण कार्यक्रममा जनसम्पर्क समिती जापानका वर्तमान सभापति सहित भुपु सभापतिहरु एउटै मन्चमा बसेर कसैको गुट उपगुटमा नलाग्ने दृढ़ संकल्प गरेका छन् ।
कान्तो सभापति यदुराम सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका बर्तमान सभापति रोशन केसी,नि वर्तमान सभापति डिपी कंडेल, भुतपुर्व सभापतिहरु नारायण सुवेदी,वलराम स्रेष्ठ,भुपिगोवीन्द स्रेष्ठ महेश स्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्दै जापानको कांग्रेसलाई गुट उपगुट भन्दा टाढा राखेर योगदानको क़दर गर्दै अवको नेतृत्व सर्वसहमतीमा चुन्नका लागी दृढ़ संकल्पित भएको कुरामा जोड़ दिएका थिए ।
जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्य कृपन दाहालले भने गोविन्द केसीका माँग जायज छन । उनका माग व्यक्तिगत नभएर आम नेपालीको स्वास्थ्यसंग संम्बन्धित भएकाले सबैले जोडदार रुपले दबाब दिनुपर्ने समय आएको दाहालले ओएस नेपाल जापानका प्रमुखसंगको विशेष फोन कुराकानीका क्रममा बताएका हुन । समर्थन गर्दै नेपाल र प्रवास देखिएको अभियानले सरकारलाई घुडा टेक्न बाध्य पार्ने पनि स्पष्ट पारे ।अभियानता श्री तामाङ्, हिरा कोईराला, राजु पनेरु र राजकुमारपनि उपस्थित थिए ।
नेपालवाट जापान भ्रमणमा आउनुभएका बिपी संग्रालयका संस्थापक प्रमुख पर्शुराम पोखरेलले पनि कार्यक्रममा मन्तव्य दिदै बिपीको बारेमा चर्चा गर्नुभएको थियो । टोकियोवाट सुरु गरिएको गाडीको यात्रामा केन्द्रका नेताहरुले गुटवन्दी गरेकै कारण कांग्रेसले नराम्रो पराजय भोग्नुपरेको मा कांग्रेसका कार्यकर्ताहरुले गुनासो गरेका थिए ।
यात्राकै क्रममा कार्यकर्ताहरुले केन्द्रीय नेताहरुको चाप्लुसी नगरी उनिहरुकै गुटमा नलागी अगाडी बढ्न जनसम्पर्क समिती जापानका नेताहरुलाई दवाव दिएका थिए, बिहान ८ बजे जापानको टोकियोवाट सुरु भएको जागरण अभियान सहितको निक्को यात्राकै क्रममा जापानका काग्रेसीहरु बिच परिचयात्मक कार्यक्रम पनि गरिएको थियो, टोकियो, साईतामा, गुन्मा, तोचुगी निगाता लगायत क्षेत्रवाट सहभागी कांग्रेसीहरु निक्कोको बिभीन्न रमणीय स्थलहरुको भ्रमण गर्दै मज्जा लिएका थिए । औपचारिक कार्यक्रमको सन्चालन कान्तो क्षेत्रीय सचिव बिमानसिह मोक्तानले गरेका थिए ।
त्यसैगरी, एनआरएनए जापानले कालीका थापा र अनिता गुरुङलाई निलम्बन गर्नु गलत भएको केही बक्ताहरुले बताएका थिए।आयोजक क्षेत्रिय समितीका सभापती यदुराम सापकोटाले एन आर एन ए जापानसँग जती नै सुमधुर सम्बन्ध जापानका कांग्रेसहरुले गराउन खोजेपनि एन आर एन ए जापानमा पटक पटक कांग्रेससँगै आस्था जोडीएका ब्यक्ती पुग्दा पनि जनसम्पर्क समिती जापानमाथी पटक पटक प्रहार हुने गरेकोले आगामी एन आर एन ए जापानको अधिबेसन को बेला जापानका संक्रिय कांग्रेसहरुले सदस्यता रिनु गर्नु र नँया सदस्य बन्ने कुरा पुनर्बिचार गर्नुपर्ने भनेर केन्द्रिय कमिटी र बिशिस्ट अतिथी प्रमुख अतिथी लाई सचेत गराएका थिए।
अग्रजहरुको कारण गुटबन्दी मौलाएको भन्दै कान्तो क्षेत्रीय समिती का सभापती सापकोटा ले सँधैभरी आफुहरुले अग्रज बाट सफत खाने गरेको तर आज ठिक उल्टो क्षेत्रीय समिती ले बिशिस्ट र प्रमुख अतिथी हरुलाई सफत खुवाउन बाध्य हुनुपरेको भन्दै,कार्यक्रमको समापन को अगाडी  बिशिस्ट अतिथी र प्रमुख अतीथीलाई बिपीको फोटो छुन लगाएर छातीमा हात राख्न लगाएर लाई गुटबन्दी गर्दैनौ भन्ने खाले सफत खुवाएका थिए।
कान्तो क्षेत्रीय समिती ले गरेको यो कार्यक्रम जापानमा मात्र नभएर बिश्वकै जनसम्पर्क समितीहरुमा र नेपालमा पनि भएको ईतियास थिएन तर जापानमा जनसम्पर्क समिती कान्तो क्षेत्रिय समितीले गरेर बिश्वभरीका कांग्रेस जगाउन अत्यन्तै राम्रो सन्देश प्रबाह गरेको भन्दै उपस्थित सबै बक्ताहरुले क्षेत्रीय समिती र सभापती सापकोटा को प्रंशसा गरेका थिए।तर सापकोटा ले  आफुले प्रंशसा पाउनका लागि  नभएर जापान कांग्रेसमा बिगतमा भएका तिक्तताहरु मेट्दै  कांग्रेसलाई बलियो बनाउनका निम्ती यस्तो प्रकारको कार्यक्रमको योजना ल्याएको बताएका थिए।
आफुले ल्याएको योजनामा क्षेत्रिय समिती केन्द्रिय समिती ,जापान कांग्रेसका अग्रज र नँया कांगेरेसहरुले ठुलो साथ दिएको भन्दै कार्यक्रम लाई सफल बनाउन योजना बनाएदेखी सफल हुनेदिनसम्म अपौचारीक र अनौपचारीक रुपमा साथ दिने ,कार्यक्रममा उपस्थीत जनाउने ,तथा शुभकामना दिने सबैलाई धन्यबाद दिएका छन।
हिजो तरुण दलले गरेको पर्दशनमा सरकारले गरेको  धरकपडको भर्तसना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । जनसम्पर्क समिती कान्तो क्षेत्रले सेप्टेम्बर ३० मा आफ्नो क्षेत्रिय समितीको चौथो अधिबेसन गर्ने निर्णयलाई आजकै कांग्रेस भेलाबाट औपचारीकता प्रदान गरेको युवा नेता यदुराम सापकोटाले जानकारी दिएका छन

प्रतिक्रिया दिनुहोस्