अमेरिकी तालमा जहाज दुर्घटना



ब्रान्सन,(एजेन्सी)
अमेरिकाको मिजौरी राज्यमा जल र थल दुबै स्थानमा चलाउन सक्ने एउटा डक बोट आँधि तुफानको कारण तालमा डुब्दा कम्तिमा १३ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानिय संचार माध्यमका अनुसार ब्रान्सन शहर नािकको पर्यटकिय लोकप्रिय गन्तव्य मानिने टेबुल रक तालमा दुर्घटनाग्रस्त भएको सो सानो जहाजमा करिव ३० जना यात्रु सवार रहेको जनाएको छ ।

गोताखोरहरुले अझै वेपता रहेका अन्य यात्रुको व्यापक खोजि गरिरहेको प्रहरीले जनाएको छ । सातजना यात्रुलाई उद्धार गरी अस्पताल पु¥याएको छ । ति मध्ये दुईजनाको स्थिती निकै चिन्ताजनक रहेको बताइएको छ ।

स्थानिय संचार माध्यमले मिजौरी राज्य राजमार्गका गश्ती प्रहरी सार्जेन्ट ज्यासन पेस अन्य चार जना यात्रु अझ ैहराइरहेको बताएके जनाएको छ । यसैबिच ब्रान्सन स्थित कोक्स मेडिकल सेन्टरका प्रवक्ता ब्रान्डेइ क्लिफ्टनले दुर्घटना लगत्तै तिनजना बालबालिका र चारजना वयस्कलाई अस्पताल ल्याइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्