सिरिया: स्वंयमसेवकको उद्धार



दमास्कस,(एजेन्सी)
इजरायलको प्रतिरक्ष फौजले आइतवार सिरियाको जन प्रतिरक्षा समुह व्हाइट हेल्मेटका सदस्यहरुलाई दक्षिण पश्चिमी सिरियाको युद्धग्रस्त क्षेत्रबाट सुरक्षित ढंगले निकाल्न सफल भएको दावी गरेको छ ।

शनिवार राति करिव ४ सय २२ जना स्वंयम सेवक सदस्य र तिनीहरुका परिवारका सदस्यलाई इजरायली अधिनस्थ गोलान हाइट मार्फत जोर्डान तर्फ लगिएको थियो । यस सम्बन्धमा इजरायलको सहयोगका लागि सहयोग मागिरहेका राष्ट्रहरु मध्ये एक संयुक्त अधिराज्यले यस अपरेसनको स्वागत गर्दै तिनीहरुको पुनर्वासका लागि आफुले पनि मद्धत गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्