मध्यपहाडी लोकमार्ग निर्माणमा किचलो नगर



मध्यपहाडी लोकमार्गअन्तर्गत विवादित बनिरहेको विभिन्न स्थानमा समस्याको समाधान खोज्नुपर्ने बेला आएको छ । सडकका नाममा हेरक वर्ष काम नभई ठेकेदारहरुलाई कमाउने अखडा भइरहेको छ । यस्ता कार्यलाई रोक्न अब स्थानीय सरकारले ठोस नीति ल्याउनुपर्छ ।

सरकारी मापदण्डअनुसार काम भयो वा भएन भन्ने जाँच गरी सडकको गुणस्तरमा सुधार ल्याउने हो भने आमनागरिकले सुविधा पाउने थिए । साथै सडकका नाममा हुने अनैतिक कार्यमा पनि न्यूनीकरण हुने थियो । आमनागरिकलाई सेवा–सुविधा पुग्ने भएको हुँदा सडको गुणस्तरसँगै कालोपत्रे गर्ने काम द्रुत गतिमा गरिनुपर्दछ ।
– सुरेश सार्की, दैलेख ।

 

प्रतिक्रिया दिनुहोस्