कहिले भरिएला कोष ?



वर्तमान सरकार गठन भएलगत्तै पीएम ओली र उनका केही मन्त्रीले भने– ‘पूर्ववर्ती सरकारले जथाभावी खर्च गर्दा सरकारको ढुकुटी रित्तो छ ।’ अघिल्लो सरकारले रित्तो बनाएको भनिएको ढुकुटी अबचाहिँ साँच्चै रित्तो भा खबर छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको एक पैसा पनि ढुकुटीमा वचत छैन ।

गत जेठ असारमा सरकारले जथाभावी खर्च गर्दा ढुकुटी रित्तो भएपछि चालू आर्थिक वर्षको पहिलो महिनाबाटै आन्तरिक ऋणबाट खर्च चलाउनुपर्ने अवस्था आएको मन्त्रालयको तर्क छ । ढुकुटी रित्तो नहोस् पनि कसरी आफ्ना आसेपासेलाई निर्धक्क बाँडेपछि । अनि दोषचाहिँ अघिल्लो सरकारलाई दियो, आफू पानीमाथिको ओभानो बन्यो, गज्जब काइदा ।

सरकारी ढुकुटी रित्तो भएर नै होला, आफूले अघिल्लो कार्यकालमा घोषणा ग¥या तुइन विस्थापित कार्यक्रमका लागि बजेट पर्याप्त रहेनछ । केही दिन अघि एक टेलिभिजन कार्यक्रममा गायिका आनीले तुइन विस्थापित गर्नकै लागि १ करोड रुपियाँ आर्थिक सहयोग गरेको देखियो । ओलीले पनि आफ्नो एक महिनाको तलब थप गरी ‘तुइन विस्थापन कोष’ स्थापना गर्ने घोषणा गरे । कोष घोषणा त भयो, कहिले भरिने हो कुन्नि ?

यस्तै ताल हो भने तुइन विस्थापित ओलीको स्थायी एजेन्डा बन्ने पक्का भयो । धरहराले यस्तो तर्क गर्दा उनले भन्न बेर छैन–‘ढुकुटीमा बजेट भए पो फाटफुट काम हुन्थ्यो, त्यही भएर कोष खडा ग¥या, कोषमा पैसा जुट्यो भने अभियान छिट्टै सफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्