केसीको समर्थनमा रिले अनसन



काठमाडौँ, (नेस)
प्रा.डा.गोविन्द केसीको समर्थनमा रिले अनसन सुरु गरिएको छ । नागरिक समाज, बिद्यार्थी, सर्वसाधारण तथा राजनीतिक दलका प्रतिनिधिले आइतबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौँको बसन्तपुरमा रिले अनसन सुरु गरेका हुन् ।

रिले अनसनमा सर्वसाधारण नागरिकहरूको बढी उपस्थिति रहेको थियो । आइतबार नै उहाँलाई विभिन्न आमसञ्चारमाध्यमका सम्पादकले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । गोपाल किराँती, कृष्ण पहाडी, सीपी गजुरेल, प्रा.डा. केदारभक्त माथेमा लगायतले पनि भेटेर प्राडा. केसीको मागप्रति ऐक्यबद्धता जनाएका थिए ।

यसैबीच उहाँले जचाउन इन्कार गर्नुभएकाले स्वास्थ्य अवस्था गम्भिर बनेको र उहाँलाई बोल्न समेत कठीनाइ भएकाले हातको इसाराले बोलीरहनुभएको डा.जीवन क्षेत्रीले जानकारी दिनुभयो । उहाँ २३ दिनदेखि अनसनरत हुनुहुन्छ ।्

प्रतिक्रिया दिनुहोस्