एक करोड ७८ लाख बढी राजश्व संकलन



दाङ ।
तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४÷७५ मा रु एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट रु एक करोड ७७ लाख, ६२ हजार ५००, मादक पदार्थ सेवनगरी सवारीसधान गर्नेबाट रु २४ हजार, हातहतियार नवीकरणबाट १९ हजार र विविधबाट रु चार हजार ९२१ राजश्व संकलन भएको हो ।

उहाँका अनुसार सो अवधिमा कार्यालयबाट तीन हजार २६३ जनाले राहादानी लिएकामा एक हजार बढी दु्रत सेवाबाट राहदानी बनाएका थिए ।

गत आर्थिक वर्षमा भने कार्यालयले रु एक करोड ७६ लाख आठ हजार ५००।– राजश्व संकलन गरेको थियो । उक्त कार्यालयको कार्यक्षेत्रमा तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका शान्ति नगर, बबई र दंगीशरण गाउँपालिकाका पर्दछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्