प्रधानमन्त्रीलाई नै सोधियो सिधा प्रश्न: डा.केसी कहिलेसम्म भोकै ?



प्रशान्त वली, काठमाडौं ।
डा. गाविन्द केसी समर्थकहरुले सरकारमा आवद्ध प्रमुख नेताहरुलाई नै फोन गरी डा. केसी कहिलेसम्म भोकभोकै बस्ने भनि प्रश्न गरेका छन् ।

काठमाडौंको बसन्तपुरमा सामूहिक अनशन थालेका नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, शिक्षामन्त्री गीरिराजमणि पोखरेल, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग फोनमा कुराकानी गर्दै गम्भीर यस्तो प्रश्न गरेका हुन् ।

जवाफमा रक्षामन्त्री पोखरेलले आँफु यस विषयमा अवगत नभएको बताएका छन भने शिक्षामन्त्री पोखरेलले अनशन बस्नेहरुलाई सोध्नुहोस भनि ठाडो जवाफ दिएको अनशनरत तपेन्द्र सञ्ज्यालले बताए ।

सामूहिक अनशनमा करिब १०० जनाको सहभागिता रहेको छ ।

अनशन साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्