म्युजिकल्लीबाट भिडियोतिर



हातमा मोबाइल हुनेहरूले म्युजिकल्ली र इन्स्ट्राग्राम एप पक्कै पनि चलाएकै हुन्छन्। म्युजिकल्ली एप युजरले रेश्मा घिमिरेलाई राम्रैसँग चिनेको हुनुपर्छ।

पछिल्लो समयामा म्युजिकल्ली एपमा टे«न्डिङमा अगाडि रहेकी रेश्मा घिमिरेलाई पहिलोपटक म्युजिक भिडियोमा देखिएको छ।

सागर राजको शब्द, स्वर, संगीत र निर्देशनमा बनेको झिम–झिम गर्ने परेली बोलको गीतको म्युजिक भिडियोमा उनी सागर राजसँगै देखिएकी छिन्। म्युजिक भिडियोमा सागर र रेश्माले निकै मेहनतका साथ आफ्ना कला देखाएका छन्। लामो समयदेखि संगीत क्षेत्रमा विभिन्न विधाबाट आफ्नो क्षमता देखाउँदै आएका सागर राजको झिम–झिम गर्ने परेली बोलको गीत पछिल्लो पटक बजारमा आएको हो। यसअघि उनले निर्देशन गरेको पानी प¥यो असिना झ¥यो, तीते करेली, चुम्बक, तिरिकिटिताकाजस्ता गीतको म्युजिक भिडियो दर्शक स्रोताले निकै रुचाएका छन्।

प्रतिक्रिया दिनुहोस्