श्वेता र भाइचुङ नेक्स्ट सुपर टप्स मोडल



श्वेता तिमल्सिना र भाइचुङ राईले नेक्स्ट सुपर टप्स मोडल नेपाल–२०१८ को उपाधि जितेका छन्। महिला तथा पुरुषका लागि मोडल सङ्स नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल–२०१८ दोस्रो सिजन सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको थियो।

श्वेताले ११ जना अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै विजेताको ताज चुम्न सफल भएकी छन् भने फस्ट रनर्सअप अलिना ब्लोन र सेकेन्ड रनर्सअपमा रितु श्रेष्ठ भएकी थिइन्।मस्ट पपुलरमा जेनिशा श्रेष्ठले ताज जित्न सफल भएकी थिइन्। त्यसैगरी पुरुषतर्फ ८ जना प्रतिस्पर्धीलाई उछिन्दै भाइचुङ राई विजेता भएका छन् भने सँगर कार्की फस्ट र सन्दीप बम सेकेन्ड रनर्सअप भएका छन्।
गोपाल सुन्दरलाल कक्षपतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा डा. सुशीला मल्ल, सञ्चारकर्मी गीता अधिकारी, निर्देशक राजु केसी र किशोर पौडेल निर्णायक थिए।

प्रतिक्रिया दिनुहोस्