तिब्बतको पठार भुमिमा चिनियाँ सैन्य अभ्यास



बेइजिंग (एजेन्सी)
चिनियाँ सेनाले भारत सिमा नजिकै तिब्बतमा अर्को सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा पाइलट तथा विशेष बल सहभागी रहेको बताइएको छ ।

सैन्य अभ्यासमा हेलिकप्टरका पाइलटलाई ग्राउन्ड तालिम र उच्च स्थानमा आफनो कौशलको परीक्षण समावेश गरिएको थियो । चीनको पिपल्स लिबरेसन आर्मीका आधिकारिक अखबार पीएलए डेलीले सैन्य अभ्यासको जानकारी दिँदै तिब्बतको उच्चाइमा रहेका क्षेत्रमा एक काल्पनिक सिमा बनाइएको र शत्रुको सिमा पछाडी गएर आक्रमण गर्ने अभ्यास गरेको उल्लेख गरिएको छ ।

पाइलट तथा विशेष बल हेलिकप्टरबाट तल झरे र अभियान पुरा गरेको डेलीले जनाएको छ । यसअघि पहाडी इलाकामा भएको अभ्यास पछिको यो दोस्रो भएको चिनियाँ सन्चार माध्यमले जनाएको छ । यसअघि जुन २९ मा चिनियाँ सैनिक तिब्बतमा जम्मा भएको र भारतसँग जोडिएको हिमालय क्षेत्रमा अभ्यास गरेको चिनियाँ सन्चार माध्यमले जनाएको थियो ।

सैन्य विशेषक्ष सांग जोंगपिंगले हालैको सैन्य अभ्यासमा भारतसँगको सम्भावित सैन्य संघर्षका लागि सैनिकहरुलाई तयार गरेको छ । सांगले भने ( कुनै पनि सैन्य प्रशिक्षणका लागि काल्पनिक विपक्षी शक्ती हुनु सामान्य कुरा हो । यस मामिलामा यो निश्चित गरिएको हुन्छ की, निसानामा को छ ?जब अभ्यास तिब्बतको पठारमा गरिएका छन् ।

शत्रुको लाइनको पछाडीबाट आक्रमण गर्नु एक प्रभावकारी कारवाही हो । यो युद्ध जित्ने अचुक तरिका पनि हुनसक्छ । सबै सुरक्षा बलका लागि यस प्रकारको अभ्यास महत्वपुर्ण हुन्छ ‘ सांगले बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

पीएलए डेलीका अनुसार चिनियाँ पाइलट यो बर्ष विशेष बलसँग तालिम गरिरहेका छन् ता की एक अर्काको आवश्यकतालाई बुझ्न सकुन् र युद्धमा आपसी सहयोग बढाउन सकुन् । विशेष बलसँगको तालिमका कारण पाइलट जंगली इलाकामा जीवित रहने आफनो क्षमता बढाउन सक्ने सांगले बताए । तिब्बतमा उचाई, कम वायुको दबाव र अपेक्षाकृत कम तापक्रमका कारण सैन्य अपरेसन कठिन रहेको उनी बताउँछन् ।

यसअघि चिनियाँ सन्चारमाध्यमले चीनले अरुणाचल प्रदेशको सीमा नजिक तिब्बतमा मानवरहित स्वचालित निगरानी केन्द्र स्थापित गर्न गइरहेको उल्लेख गरेको थियो । यसले उसको लडाकु विमाच र क्षेप्यास्त्र प्रक्षेपणका लागि मौसमको जानकारी दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्