पृथ्वीको सतह तल क्वाड्रिलियन टन हिरा



न्युयोर्क (एजेन्सी)
वैज्ञानिकहरुको एक टोलीले पृथ्वीको सतहबाट १ सय माइल मुनी ‘१ क्वाड्रिलियोन‘ (१ पछाडी २४ सुन्य) टन हिरा पुरिएर रहेको हालै मात्र खुलासा भएको उक अध्ययनमा उल्लेख गरेका छन् ।

म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी), हार्भर्ड, द कानेजी इन्स्टिच्युट अफ वासिंगटन र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पृथ्वी भित्री तहहरुमा ध्वनी तरंगको गति मापनमा सेस्मिक यन्त्रको प्रयोग गरेका थिए ।

पृथ्वीको सतहभित्र तापक्रम, घनत्व र चट्टानको संरचनाका आधारित रही फरक फरक गतिमा ध्वनी तरंगले यात्रा गरेको थियो । ‘एमआइटीले जारी गरेको एक विज्ञप्तीमा उल्लेख गरेको छ । ‘वैज्ञानिकहरुले पृथ्वीको माथिल्लो सतहमा रहेका चट्टानको अनुमान गर्न चट्टानको संरचना र सेस्मिक गतिबीचको सम्बन्धलाई वैज्ञानिकहरुले प्रयोग गरेका हो ‘ उनले बताए ।

‘ भुगर्भशास्त्रीहरुले उक्त बैज्ञानिक परिक्षणका क्रममा एउटै मात्र चट्टानले १–२ प्रतिशत हिरामा हुने समान प्रकृतिको गति मापन गरेका थिए । ‘ वैज्ञानिकहरुले सोधमा उल्लेख गरेको छ ।

यसकै आधारमा वैज्ञानिकहरु पृथ्वीको सतहभन्दा तल हिरा एक तह भएको निष्कर्षमा पुगेका हुन् । उनीहरुले उक्त तहमा एक क्वाड्रिलियन टन हिरा भएको अनुमान गरेका छन् ।
‘यसलाई निकाल्न गाह्रो हुनेछ । वैज्ञानिकहरुका अनुसार हिरा पृथ्वीको १ सय ४५ देखि २ सय ४० भित्र छ । अहिले सम्म मानव यति गहिराईसम्म पुुग्न सकेको छैन र खन्न पनि सकेको छैन ।

एमआइटी प्लोनेटरी साइन्स विभागका रिसर्च साइन्टिसट उलरिक फलले भने ( हामी यो हिरालाई बाहिर ल्याउन सक्छौं । तर यो यति धेरै छ कि, जसको बारेमा हामीले पहिला कहिल्यै सोचेको थिएनौं ।

वैज्ञानिकहरुको अनुमान अनुसार पृथ्वीको प्राचिन भुमिगत चट्टानमा १ हजार गुणा बढी हिरा छन् । यद्यपी यी हिरा गहना पसलसम्म पुग्ने सम्भावना भने न्युन छ ।

हिरा कार्बनले बन्छ । पृथ्वीको गहिराइमा अत्यधिक दबाव र अत्याधिक तापमानमा हिरा बन्ने गर्छ । यो सतहमा त्यतिबेलामात्र आउँछ जब ज्वालामुखि विस्फोट हुन्छ , जुन आफैमा दुर्लभ हो । यस प्रकारको ज्वालामुखि विस्फोट लाखौं करोडौं बर्षमा १ पटक मात्र हुने गरेको भुगर्भ वैज्ञानिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्