चार वर्ष भित्र नेपालको प्रमुख पाँच गन्तव्य वन्ने अभियानमा तानसेन नगरपालिका



कविराज नेपाल, पाल्पा ।
तानसेन नगरपालिका आगा्मी चार वर्ष भित्र नेपालको आन्तरिक पर्यटकककालागि नेपालको मूख्य पाँच वटा पर्यटकीय गन्तव्य र वाह्य पर्यटकका लागि मूख्य १० गन्तव्य वन्ने अभियानका साथ अघि वढेको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले वताउनु भएको छ ।

नगरपालिकालाइ यस तहमा पु¥याउनका लागि पर्यटकीइ पूर्वाधारहरुको विकास, भएका पर्यटकीय स्थलहरुको सुधार गर्दै लगिने नगरपालिकाका प्रमुख अशोककुमार शाहीले वताउनु भयो ।
नगरसभाले हालै सम्पन्न गरेको तेस्रो नगरसभाका निर्णयवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख शाहीले ‘समृद्ध नगर आत्मनिर्भर नगरवासी, सफा नगर, सुखी नगरवासी’ भन्ने नाराका साथ दीर्घकालीन सोँचलाई यर्थाततामा उर्तान आवधिक लक्ष्यहरु तय गरिएको जानकारी दिनुभयो ।
उहाले चीनको कोरला नाकादेखि नवलपुर जोडने कालिगण्डकी करिडोर आयोजना तथा तानसेन–छेलुङ्ग खण्डलाई सिद्धार्थ राजमार्गमा जोडने, शिक्षा, खेलकुद, मनोरञ्जन,स्वास्थ्य, धार्मिक क्षेत्रमा आधारित पर्यटन विकासको लागि आन्तरिक तथा वाह्य उद्यमी तथा नीजी लगानीकर्तालाई आकर्षित गरि सार्वजनिक नीजी साझेदारी अवधारणामा करिव ५ अरव लगानी भित्राउने लक्ष्य नगरपालिकाको छ ।
तानपा १० गुफाचौरमा मुलुककै ठूलो गणेशधामको रुपमा स्थापना गरि कम्तिमा वार्षिक १० हजार धार्मिक पर्यटक त्रिउने , ४ वर्षमा कम्तिमा ३ वडामा नमूना वस्ती निर्माण गर्ने, कुडुलेघर र होम स्टेको विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।
नगरपालिकाले यस आर्थिक वर्षमा कुल ८० करोड १३ लाख १० हजार रुपैयाको प्रस्तावित वजेट पारित गरेको छ ।
नगरपालिकाले स्वास्थ्य विमा गरेको, यो वर्ष सडक वर्षको रुपमा सडक निर्माणलाई प्राथमिकता दिए अनुरुप करिव ६१७५ किलोमीटर सडन निर्माण गरिएको, पुराना र निर्माणाधिन योजनालाई पूरा गरिएको जानकारी दिदै प्रमुख शाहीले यो वर्ष कर्मचारीको सम्वन्धमा कतिपय अस्पष्टता र संक्रमण रहेका कारण काम गर्न कठिनाइ भए पनि अवका दिनमा तानसेनको वसपार्क,ल्याण्डफिल्ड साइट, लगायतका क्षेत्रमा काम गरिने वताउनु भयो ।
जनताको समृद्धिसँग जोडिएका पक्षलाई प्राथमिकता दिदै पर्यटकीय, शिक्षाको केन्द्रका रुपमा तानसेनलाई विकास गराउने प्रतिवद्धता अनुसार नगरपालिका अघि वढेको जानकारी दिदै सो अवसरमा उहाले ऐनहरुको निर्माण, कामको प्राथमितालाई जोडेर विकासका पुराना कार्य र नया योजनाहरु अघि वढाउदै लैजाने विचार व्यक्त गर्नुभयो ।
नगरपालिकाले फोहरको व्यवस्थापनका लागि र सडकमा फोहर फाल्नेको सिसी क्यामेराद्धारा फुटेज सार्वजनिक गर्ने,सडकका मूख्य क्षेत्रमा सोलार वत्ति जडान गर्नै, प्रकोप व्यवस्थापनको तयारी गर्ने अण्डामा आत्मनिर्भर र आयात प्रतिष्थापन कार्यक्रम संचालन गर्दैछ भने सामाजिक विकास, सुसासन र पारदर्शिताई प्राथमिकता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्