रक्त क्यान्सर पिडीतलाई आर्थर डाडाँखर्क समाज कतारको सहयोग



पर्वत ।
रक्त क्यान्सर पिडीत पर्वतको कुस्मा नगरपालिकाका एक बालकलाई आर्थर डाँडाँखर्क समाज कतारले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
कुस्मा नगरपालिका वडा नं १४ ग्रहने बस्ने पिडीत अर्जुन गौतमलाई समाजले संकलन गरेको ३० हजार नगद सहयोग गरेको छ । सहयोग रकम कुस्मा नगरपालिका वडा नं १४ का अध्यक्ष भीमप्रसाद गुरुङ्ग, आर्थर डाडाँखर्क समाज कतारका संस्थापक अध्यक्ष धन सुनार खाती र समाजका कोषाध्यक्ष मनबहादुर क्षेत्रीले संयुक्त रुपमा प्रदान गरेका हुन । कतारमा रहेका कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कबासीहरु र अन्य शुभेच्छुकबाट सहयोग रकम जुटाइएको समाजका अध्यक्ष लेखनाथ रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्