वडाध्यक्षकोे तलब नागरिकलाई



हरकसिंह धामी, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १ वडा अध्यक्ष आसेफ कँुवर ९भुन्टु० ले आफु निर्वाचित भए पछिको १ वर्षको तलवभत्ता स्थानीय बृद्धबृद्धा तथा असहाय लाई बाँडेका छन् । आज एक कार्यक्रम गरी आफुले १ वर्ष को तलव भत्ता स्थानीय बृद्धबृद्धा तथा असहाय लाई बाँडेका छन । २ लाख ६६ हजार रुपैया जनही १५०० का दरले १०७ जनालाई वितरण गरेका हुन ।

वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वा्चित भएपछि पाएको एक वषको तलब गाउँमै वितरण गरेका छन् । निर्वाचनका बेला नै आफुले सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरे अनुरुप नै रकम वितरण गरेको वडा अध्यक्ष कँुवरले बताउनुभयो । जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको, यहाँ आउन नसेका वृद्ध÷वद्धालाई घरमै गएर पनि रकम दिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ अध्यक्ष कुँवरले भन्नुभयो । वडाध्यक्षको मासिक तलब रु २२ हजार पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकास देखि जनताको हितका लागि काम गर्ने बताउनुभयो । वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ ।

कार्यक्रममा १०५ वर्ष सम्मका बृद्धबृद्धाहरुले रकम बुझ्दै अध्यक्ष लाई आशिर्वाद दिनुभयो । रकम पाएपछि सबै वृद्धहरु हर्षित देखिएका छन् । स्थानीय युवाहरुले वडाअध्यक्षको यो कार्यको प्रशंशा गर्दै सबै अध्यक्षहरुले यसरी नै जनताको हितमा काम गरे देश विकास हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्