मोदीखोलामा बृद्धको शब भेटियो



पर्वत ।
पर्वतको मोदी गाउँपालिकाकी एक बृद्धको शनिबार दिउँसो खोलामा शब फेला परेको छ ।
पर्वतका मोदी गाउँपालिका वडा नं ६ तिलहारकी ६८ बर्षिया धनकुमारी लामिछानेको शब नदी किनारमा फेला परेको हो ।
शनिबार बिहानै देखि घरबाट हराएकी लामिछानेको शब मोदी गाउँपालिका वडा नं २ पातीचौर बजार नजिकै तल्लो मोदीखोला जलबिद्युत केन्द्रको बाँधमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक बृद्धाको मानसिक सन्तुलन ठिक नभएको बताइन्छ । उनले नदीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्