क्यान्सर रोगको उपचार केन्द्र अव दाङमा पनि



नेपाल समाचारपत्र, दाङ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा क्यान्सर रोग निवारण केन्द्र सञ्चालनको तयारी भई रहेको छ । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा क्यान्सर रोग निवारण केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

राप्ती अञ्चल अस्पताल विकास समितिले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका उपमहासचिब बद्रीनाथ पोख्रेलले अस्पतालबाट आवश्यक भौतिक पूर्बाधार र केही श्रोत व्यवस्थापन गर्न सके क्यान्सर रोग निवारण केन्द्र सञ्चालन गर्न सकिने जानकारी दिए । उनले भने, ‘ हाललाई उपचार गराई रहेका क्यान्सर रोगका पीडितहरुले चिकित्सकसग परामर्श गर्न प्रत्येक पटक भक्तपुर क्यान्सर अस्पताल वा भरतपुर क्यान्सर अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने छ ।

ईन्टरनेटको सुबिधाबाट भिडियोबाटै चिकित्सकसँग आफ्ना समस्याका बारेमा जानकारी गराउन सक्ने गरि पहिलो चरणमा सुबिधा उपलब्ध हुनेछ, उनले भने । त्यसपछि राप्ती अञ्चल अस्पतालसँग भएको सहमतिका आधारमा चिकित्सक र प्राबिधि टोलीले सेवा दिने उनले बताए ।

क्यान्सर उपचारको ३ प्रक्रिया मध्ये अप्रेसन, रेडियो थेरापी र केमो थेरापी बाट गरिन्छ । ती प्रक्रिया हाललाई यहाबाट नहुने तर चेकजाँच र रिपोर्टका आधारमा भक्तपुर वा अन्य स्थानमा उपचारका लागि पठाउन सिफारीस गरिने जानकारी दिए । क्यान्सर उपचार केन्द्र सञ्चालनका लागि राप्ती अञ्चल अस्पतालले श्रोत व्यवस्थापन गर्न आबश्यकता अनुसारको जग्गा लिज वा अन्य प्रयोजनबाट दिन सक्ने गरि प्रारम्भीक छलफल भएको अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए । अर्बुधरोग निवारण केन्द्र भक्तपुरले आगामी दिनमा ७ वटै प्रदेशका एक एक स्थानमा केन्द्र सञ्चालन गर्ने तयारी भएको जानकारी उपमहासचिब पोख्रेलले जानकारी दिए । उनले दिएको जानकारीकै आधारमा सहभागिहरुले ५ नम्वर प्रदेशका लागि दाङमा केन्द्र सञ्चालन गर्न आग्रह गरेका थिए ।

सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिंह,तुलसीपुर नगरपालिकाका पूर्ब मेयर ढुण्डीराज लामिछाने, नेपाल अर्बुद्ध रोग निवारण केन्द्र दाङका अध्यक्ष रोमहर्ष भण्डारी, नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्य,अस्पतालका पूर्ब अध्यक्ष रुद्धमणी शर्मा,नेपाल संस्कृत बिश्वबिद्यालयका पुर्व प्रशासक लक्ष्मण पोख्रेल,नेपाली काग्रेसका कार्यबाहक नगर सभापति भीमप्रकास भण्डारी, सबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत,अधिकारकर्मी निर्मल नेपाली, पत्रकार खेमराज रिजाल, बंशीकुमार शर्मा,अस्पतालका स्टाफ नर्स मालीका पाण्डे लगायतले बिभिन्न सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्