बानेश्वरमा अश्रु ग्यास प्रहार, करिब आधा दर्जन घाइते



प्रशान्त वली, काठमाडौँ ।

डा.गोविन्द केसीको समर्थनमा नागरिक अगुवाहरुले निकालेको शान्तिपुर्ण जुलुसमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । बानेश्वरमा निषेधित क्षेत्र तोडन खोज्दा प्रहरीले १५ राउण्ड अस्रु ग्याँस प्रहार गरेकोे हो । अश्रुग्यास प्रहार बाट करिब आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन्।

नागरिक समाजका अगुवाहरुले डा.गोविन्द केसीको पक्षमा कार्यक्रम गर्ने क्रममा नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मिसिएपछि तनावग्रत भएको थियो । लगत्तै ग्यास प्रहार गरेको थियो । उक्त कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडी पुर्व प्रधानन्यायाधिस शुशीला कार्की, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र , मनिसा कोइराला , नागरिक अगुवा श्याम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो स्थानमा प्रहरी र प्रदर्शनकारी बिच ढुंगा हानाहान भएको हाम्रा संवाददाता प्रशान्त वलीले जानकारी गराए ।

 

 

प्रतिक्रिया दिनुहोस्