प्रहरीको लाठीचार्जबाट त्रिविका सचिब घाईते



नेपाल समाचारपत्र, काठमाडौं ।
२२ दिनदेखि अनसनरत डा. गोविनद केसीको माग पूरा गर्न गम्भीर नभएको र दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाउँदै त्रिभुवन विश्व विद्यालयको ५९ औँ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयास गरेका हुन् ।

कालो झण्डा देखाउदा नेविसंघका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गरी उक्त भिड नियन्त्रण गरेको हो । प्रहरीको लाठीचार्जबाट योगेन्द्र रावल घाइते भएको र उनको कीर्तिपूर हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतका अन्य १० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्