अमेरिकाको फेस्टिबलमा ६९ लाख संकलित



हिमालयन फाउन्डेसन कर्प अमेरिकाले पोखरामा
निर्माणाधीन कराते प्रशिक्षण भवनका लागि सहयोग
जुटाउने उद्देश्यले अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजना
गरेको नेपाली म्युजिक फेस्टिबल –२०१८ बाट ६९ लाख
रुपियाू संकलन भएको छ।

 

फेस्टिबलमा गायक राजु लामा र गायिका
अन्जु पन्तका साथमा द एक्स ब्यान्डले आफ्ना
गीत संगीत प्रस्तुत गरेका थिए। फेस्टिबलमा ७
सयभन्दा बढी नेपाली उपस्थित भएको र करिब ६९
लाख रुपियाू संकलन भएको आयोजक फाउन्डेसनका
संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जनाएका छन्।
उनले कार्यक्रमको खर्च कटाएर बाूकी रकम कराते
भवन निर्माण सम्पन्न गर्न तथा विभिन्न गाउूमा
रहेका स्कुलको पुनर्निर्माण एवं लाइब्रेरी स्थापनाका
लागि सहयोग गरिने बताए। कार्यक्रममा प्रमुख
अतिथि गार्मेट इनोभेसनका प्रमुख मार्क नेमिकले ११
हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए।
त्यसैगरी, केटीएम ग्रुप एलएलसी र सनफ्रान्सिस्को

होलसेलकी प्रमुख एवं हिमालयन फाउन्डेसनकी
प्रमुख टिन्डु शेर्पाले पनि ११ हजार डलर सहयोग
प्रदान गरिन्। विशिष्ट अतिथि रामबाबु पाण्डेले ५
हजार डलर सहयोग गरे।

प्रतिक्रिया दिनुहोस्