सुनिल थापा भोजपुरी फिल्ममा छाउँदै गरे आइटम डान्स पनि



नेपालीदेखि बलिउड फिल्म क्षेत्रमा
समेत उत्तिकै चर्चा र लोकप्रियता
कमाउूदै आएका अभिनेता सुनिल
थापालाई अब अन्तराष्टि
देख्न पाइने भएको छ। जमानामा बलिउड
फिल्मबाट चर्चा कमाए पनि नेपाली फिल्ममा
छाएसूगै बलिउड फिल्ममा नदेखिएका थापाले
केही अगाडि बलिउड फिल्म मेरीकोमबाट
बलिउडमा रि–इन्ट्री मारेका थिए।
भारतीय बक्सिङ खेलाडीको बायोपिकमा
रहेका उनी सो फिल्ममा प्रियंका चोपडाका साथ
कोचका रूपमा सशक्त देखिएसूगै बलिउड तथा
भोजपुरी फिल्ममा फेरि छाउन थालेका छन्।
यसै क्रममा नेपाली फिल्मका यी राते काइूला
भोजपुरी फिल्म सेयर ए हिन्दुस्तानीमा फरक
कामका साथ देखिने भएका छन्। यो फिल्ममा
उनी अन्तर्राष्ट्रिय डनका रूपमा देखिूदैछन्।
थापा यसअघि पनि डनका रूपमा देखिूदै आएका
थिए। तर यो फिल्ममा भने उनी आइटम
डान्समा समेत देखिनेछन्। बजाना–बजाना
निरुवाहके गानेपे बोलको यो आइटम सङको
डान्समा सुनिल थापा दीपाशा बीसीसूग कम्मर
मर्काइरहेका देखिनेछन्। यसको कोरियोग्राफी
कविराज गहतराजले गरेका छन्। फिल्मका
सबै गीतका लागि कविराजले नै कोरियोग्राफी
गरेका छन्। यो आइटम डान्स बालाजुस्थित
नेपाल चलचित्र विकास कम्पनीको सुटिङ
स्टुडियोमा खिचिएको हो।
फिल्ममा सुनिल थापा र दीपाशा बीसीका
साथमा आयुष रिजाल, नीता ढुंगाना पनि छन्
भने भोजपुरीका नम्बर वन हिरो दिनेशलाल
यादव ‘निरुवाह’ केन्द्रीय भूमिकामा छन्।
सुनिलले यसअघि पनि निरुवाहका साथ ३
फिल्म खेलेका थिए। यसअघि निरुवाहका
साथ खेलेको बोर्डरले ३ सातामै ४२ करोड
भारतीय रुपियाू कमाइ गरेको थियो। सुनिलले
उनीसूग निरुवाह चलाल लण्डनमा पनि काम
गरेका थिए। जसको निर्देशन द्वन्द्व निर्देशक
चन्द्र पन्तले गरेका थिए।
सेयर ए हिन्दुस्तानीको छायांकन जोमसोम,
पोखरा र काठमाडौंमा गरिएको थियो। यो
फिल्म निर्माता निर्देशक मनोजले निर्माण
र निर्देशन गरेका हुन्। यसमा एसोसिएट
डाइरेक्टर देवकुमार श्रेष्ठ र चन्द्र छन्। यसको
बाूकी सुटिङ २ सातापछि हुनेछ भने नेपाल र
भारतमा छठको अवसरमा रिलिज हुनेछ। सेयर
ए हिन्दुस्तानीका नाममा यसअघि बलिउडले
पनि फिल्म बनाइसकेको छ। जसमा मिथुन
चक्रवर्ती मुख्य भूमिकामा थिए।

प्रतिक्रिया दिनुहोस्