टानद्वारा सहयोग



काठमाडौं, (नेस)
सरकारले हालै उद्दार क्षेत्रमा देखिएका समस्या समाधान गर्न पर्यटन उद्दार छानविन समिति गठन गरेकोमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले स्वागत गर्दछ ।

गुणस्तरीय तथा जिम्मेवार पर्यटनबाट मात्रै राष्ट्रिय पर्यटनको विकास हुने तथ्य सबैलार्ई ज्ञात भएकै भन्दै यसैलाई आत्मसात गर्दै समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आधार मध्ये एक पर्यटन नै हुनेछ भन्ने सरकारको नीतिमा आम पर्यटन समुदायको समेत साथ र सहयोग रहने टानको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्