सीमा नाकाबाट दालको तस्करी



नेपाल समाचारपत्र, वीरगन्ज,
नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । करिब एक महिनाअघि ठँलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालँ आर्थिक वर्षमा दालको आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ ।

मागमा वृद्धि भएपछि दलहनको तस्करी हुन थालेको सुख्खा बन्दरगाहका कर्मचारीको ठम्याइ छ । केही दिनयता तेस्रो मुलुकबाट मरिच आयात ह्वातै घटेको छ भने दलहन आयात बढ्न गएको छ । तेस्रो मुलुकबाट आयात भएको दाल भारततर्फ तस्करी कार्यमा लागेका तस्करले पश्चिमी पर्साको जानकी टोला, भिखमपुर, भिस्वा, बुडगाई, अमरपट्टी, प्रसौनी भाटा, इनर्वालगायतका नाकाबाट टायरगाडा ट्याक्टर, भ्यानलगायतका सवारी साधनमा लोड गरी भारततर्फ लग्ने गरेको स्थानीयबासीको भनाइ छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सँचना अधिकारी धनबहादुर बडुवालले भन्नुभयो–‘अहिले तेस्रो मुलुकबाट मरिचको साटो दाल अत्यधिक मात्रामा आउने गरेको छ ।’ चालँ आर्थिक वर्षको तेस्रो सातासम्म यो नाकाबाट ५ अर्ब ८२ करोड ८४ लाख मँल्यबराबरको ११ करोड ७६ लाख ९३ हजार ३५३ किलो दाल तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएको छ ।गत आवको सोहि अवधिमा ४ अर्ब ४६ करोड १५ लाख ४० हजार ८२५ मँल्य बराबरको छ करोड ३४ लाख ९० हजार २५० किलो दाल भित्रिएको थियो ।अस्टँेलिया, क्यानडालगायतका तेस्रो मुलुकबाट भारतको बाटो गरी केराउ, मुङ, रहर, मसुरोलगायतका दलहन बढी आयात भएर नेपाल भित्रिने गरेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले आफँलाई यस बारेमा केही जानकारी नभएको बताउनुभयो । भारतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि तेस्रो मुलुकबाट दाल आयातमा रोक लगाएपछि नेपाल भित्रिने दाल भारत पुग्दा बढी फाइदा हुने भएकाले यसको तस्करी बढ्न गएको हो । दाल गेडागुडी आयात गर्दा १० प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्