सिनेमा हेर्दा हेर्दै फुरेको ह्वाट्सएप आइडिया



काठमाडौं (नेस)
जेन कुमको जन्म २४ फेब्रुअरी १९७६ मा भएको थियो । जेन एक अमेरिकी इन्टरनेट उद्यमी तथा कम्प्युटर इन्जिनियर हुन् । जेन २०१४ मा फेसबुकले १९ अर्ब अमेरिकी डलरमा किनेको मोबाइल एप्लिकेसन ह्वाट्सएपका संस्थापक हुन् ।

उनको जन्म युक्रेनमा भएको थियो । उनका बुबा एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । केन आफ्नी आमा र हजुरआमाका साथ सन् १९९२ मा अमेरिकीको क्यालिफोर्निया पुगेका थिए । जहाँ उनले एक सामाजिक सहायता कार्यक्रममा काम गर्न शुरु गरे । सोही कार्यक्रमअन्तर्गत उनको परिवारलाई २ वटा बेडरुम भएको सानो अपार्टमेन्ट मिलेको थियो ।

जेन पढाईमा निकै अब्बल थिए । जसका कारण उनले सेन जोस स्टेट युनिभयिर्सटीमा गणित र कम्प्युटर साइन्स विषय पढ्नका लागि छात्रवृत्ति प्राप्त गरे । उक्त विश्वविद्यालयबाट ग्राजुयट भएपछि उनले याहु कम्पनीमा काम गर्न शुरू गरे ।
याहुको अफिसमा काम गर्दागर्दै ब्रायन ऐक्टन र जेन कोमबीच चिनजान भएको थियो । दुवैजनाले १० वर्षसम्म याहु कम्पनीमा काम गरे । दुवैजनाले सन् २००७ मा आफैं केही नयाँ गर्ने सोचका साथ याहु कम्पनीबाट राजिनामा दिए ।

आफ्नो जीवनको २ वर्ष बेकारजस्तै व्यतित गरे । सन् २००९ मा जेन आफ्नो घरमा बसेर टेलिभिजनमा आइरहेको कुनै सिनेमा हेरिरहेका थिए । सिनेमा हेर्दै गर्दा उनको दिमागमा एउटा विचार आयो । ‘किन त्यस्तो कुनै एप्लिकेसन नबनाउने जसले गर्दा जो कोहीले आफ्नो साथीभाई तथा आफन्तसँग सिनेमाको कथा तत्काल साट्न सकुन् ? जसका कारणले सिनेमा नहेर्ने व्यक्तिका लागि उक्त सिनेमाको विषयवस्तुका बारेमा रहेको उत्सुकता हट्न सकोस् ।

जेनले उक्त ‘आइडिया’ ब्रायनलाई सुनाए । ब्रायनलाई पनि जेनको उक्त विचारले निकै घत पु¥यायो । उक्त विचारलाई कार्यान्वयन गर्नु उनीहरु दुवैजनालाई चुनौती थियो । किनकी दुवैजनालाई एप्लिकेसन सफ्टवेयर निर्माणका लागि चाहिने ‘कोडिङ’ गर्नु झन्झजिलो काम थियो । तर, दिनरात गरेर एप्लिकेसन निर्माणका लागि कोडिङ गर्ने काम सकियो ।

एप्लिकेसन त बन्यो तर त्यसमा निकै कमि कमजोरीहरु थिए । जस्तो कि उक्त एप्लिकेसनबाट कुनै समयमा म्यासेज पठाउन मिल्थ्यो भने कुनै समयमा मिल्दैनथ्यो । अर्को ठँलो समस्याका रुपमा के पनि थियो भने जब नयाँ युजर एप्लिकेसन रजिस्टर हुन्थ्यो त्यो बेला मोबाइलमा आउने वान टाइम पासवर्ड (ओटीपी) को पैसा उनको बैंक अकाउन्टबाट काटिथ्यो ।

यसरी ओटीपीकै चच्करमा उनको बैंक खातामा भएको सबै पैसा सकियो । त्यसपछि जेनले ब्रायनलाई कि त उनको बैंक खाताबाट उक्त एप्लिकेसन निर्माणका क्रममा ओटीपीबाट काटिने रकम तिर्नुपर्ने अथवा उक्त एप्लिकेसन निर्माणको काम नै छोडेर अन्यत्र जागिर खोज्नुपर्ने अवस्था आएको बताए । तर, ब्रायनले पैसा नभएकै कारण एप्लिकेसन निर्माणको काम छोड्न नहुने र आफँले जतिसक्दो आर्थिक सहयोग गर्न तयार रहेको बताए । यद्यपि, एप्लिकेसनको समस्यामा कुनै सुधार आएन । सबै न्दा ठँलो फसाद त त्यो बेला आईप¥यो जब ब्रायनको बैंक खातामा भएको सबै पैसा पनि सकियो ।

बैंक खाता रित्तो भएपछि जागिरको खोजीमा ट्वीटरको कार्यालय पुगे । तर, जागिर भने पाएनन् । यसबीचमा जेनको दिमागमा अर्को ‘आइडिया’ आयो साथीलाई उक्त एप्लिकेसनका बारेमा बताउने । याहु कम्पनीमै काम गर्ने पुराना साथीले १५ हजार अमेरिकी डलर बराबर सहयोग गरे । उक्त पैसाबाट दिनरात मेहनत गरेर ह्वाट्सएपमा देखिएका समस्या समाधान गर्न सम्भव भयो ।

 

दुवैजनाको बैंक खाता रित्तो भएपछि जागिरको खोजीमा उनीहरु ट्वीटरको कार्यालय पुगे । तर, जागिर भने पाएनन् । यसबीचमा जेनको दिमागमा अर्को ‘आइडिया’ आयो साथीलाई उक्त एप्लिकेसनका बारेमा बताउने । याहु कम्पनीमै काम गर्ने उनीहरुका पुराना साथीले १५ हजार अमेरिकी डलर बराबर सहयोग गरे । उक्त पैसाबाट दिनरात मेहनत गरेर ह्वाट्सएपमा देखिएका समस्या समाधान गर्न सम्भव भयो ।
सन् २०१० को शुरुवातबाटै ह्वाट्सएप विश्व बजारका लागि सार्वजनिक भयो । ४ वर्षमा नै उक्त एप्लिकेसनले ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु बनाउन सफल भयो ।

उक्त एप्लिकेसनको लोकप्रियता देखेर २०१४ फेब्रुअरीमा फेसबुकले १९ अर्ब अमेरिकी डलर बराबरमा स्वामित्व खरिद ग¥यो भने दुवैजना संस्थापकलाई पनि ठँलो जिम्मेवारीका साथ कम्पनीमा जागिर दियो । ह्वाट्सएपका अलावा जेन फेसबुक कम्पनीका पनि छन् । अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार जेन कुम १० अर्ब अमेरिकी डलरका मालिक हुन भने विश्वका अर्बपतिहरुको सँचीमा १ सय ७०औं स्थानमा छन् ।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्