पुर्वी युक्रेनमा जनमतसंग्रह गर्ने प्रस्ताव



मस्को (एजेन्सी)
रुसी राष्टपति भ्लादिमिर पुटिन र अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पबीच यसै हप्ता हेलसिन्कीमा भएको शिखर वार्तामा पृथक हुन खोजेको पुर्वी युक्रेनमा सम्भावित जनमत संग्रह गर्ने विषयमा छलफल भएको अमेरिकाका लागि रुसी राजदुतले बताएका छन् ।

राजदुत अनाटोली एन्टोनोवको उक्त खुलासाले दुई राष्टपतिले बन्द ढोका भित्र के सहमति भएको हो भन्ने विषयमा अमेरिकामा छलफल तथा अन्यौलता उत्पन्न भएको छ ।

‘यो (जनमत संग्रह) छलफलको मुद्दा थियो ‘ उनले बताए । १० हजार भन्दा धेरैको ज्यान लिइसकेको युक्रेनको ४ बर्ष लामो द्वन्द्वको समाधानका लागि पुटिनले ‘ठोस प्रस्ताव‘ अगाडी सारेको उनले थपे । तर उनले विस्तृत जानकारी भने दिएन ।

यो युक्रेनमा युरोपेली शान्ति प्रयासलाई पन्छाउने चालका रुपमा हेरिएको छ । उक्त प्रस्तावको खुलासाले डोनबास क्षेत्रका रुस समर्थक पृथक्तावादीसँग द्वन्द्व गरिरहेका युक्रेन सरकारमाथि दबाव बढेको बताइएकोछ ।

शुक्रबारसम्म युक्रेन र युरोपेली शक्तीले यस विषयमा तत्काल कुनै टिप्पणी गरेका छैनन् तर डोनबासमा जनमत संग्रह गर्ने प्रस्तावलाई उनीहरुले स्विकार नगर्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्