ह्याकरबाट १५ लाख व्यत्तिको निजी डाटा चोरी



सिंगापुर सिटी,( एजेन्सी )
ह्याकरहरुले सिंगापुरका करिव १५ लाख व्यक्तिको निजी डाटा चोरेको शुक्रवार सरकारी अधिकारीहरुले बताएक छन् । यस पिडितको संख्या त्यहााको कूल जनसंख्याको २५ प्रतिशत हो ।

तिनीहरुले पुर्ण नियोजित तरिकाले जानीजानी सरकारी स्वास्थ डाटावेसमा प्रवेश गरेको सरकारद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ । तिनीहरुले सन् २०१५ को १ मे देखि यसैवर्षको ४ जुलाई बिच विभिन्न किलनकमा साइवर आक्रमण गरेको बताइएको छ ।
यसरी चोरिएका डाटामा मेडिकल रिकर्ड नभई ति मानिसहरुका नाम र ठेगाना मात्र भएके र केहि क्लिनिकमा भने ति बिरामीहरुई दिइएको औषधि सम्बन्धी सुचना पनि चोरी भएको बताइएको छ ।

करिव १ लाख ६० हजार बिरामीको औषधि सम्बन्धी विवरण ह्याक गरिएको हो । तर तिनीहरुले बिरामीहरुको स्वास्थ्य सम्बन्धी कुनै विवरण गोलमाल गर्ने वा मेट्ने कार्य भने गरेका छैनन् । सिंगापुरका प्रधानमन्त्री लि सियन लूंगको सवस्थ उपचार सम्बन्धी विवरण समेत हइाक गरिएको हो ।

विशेषगरी दुई पटक क्यान्सर रोगलाई जित्न सफल लिको यस स्वास्थ अभिलेख माथि पटक पटक आक्रमण गरिएको देखिएको सुचना प्रविधिका विशेषज्ञहरुले बताएका छन् । राजनीतिक स्थिरता र सुरक्षका लागि गर्व गर्ने सिंगापुर दक्षिण पुर्वी एसियाको एक् समृद्ध राष्ट्र हो ।
सरकारको दुईवटा प्रमुख सवस्थ सेवा समुह मध्ये एक सिंगहेल्थको एउटा कम्प्युटरमा माल्वेयर संक्रमित भएपछि ह्याकरहरु डाटावेस सम्म पुग्न सफल भएक थिए । तिनीहरुले यस कम्प्युटरमा २७ जुन देखि ४ जुलाईबिच आक्रमण गरेको सरकारले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्