भियतनाम: बिद्यार्थी निष्कासित



हनोइ,(एजेन्सी)
भियतनामको एक अदालतले शुक्रवार हालै भएके एउटा प्रदर्शनमा संलग्न रहेको आरोप लागेका एकजना अमेरिकी बिद्यार्थीलाई स्वदेश फर्काउने निर्णय गरेकोछ ।

सो प्रदर्शनले पछि हिंसात्मक रुप लिएको थियो । विलियम गुयन नामक ति बिद्यार्थीलाई सार्वजनिक स्थलमा अशान्ति मच्चाएको आरापमा दोषि ठहर गरिएको छ । उनलाई गत जुनमा चिनियाँ लगानीकर्ताको विरोधमा निकालिएको प्रर्शनको क्रममा हो चि मिन्ह शहरबाट गिरफतार गरिएको थियो । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले यस विषयलाई लिएर भियतनामी अधिकारीहरुसंग चासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्