अमेरिकी नागरिकलाई सोधपुछ गर्ने रुसी प्रस्ताव ट्रम्पद्वारा अस्विकार



वासिङटन (एजेन्सी)
रुसद्वारा कयौं अमेरिकी नागरिकको जाँच गर्ने विषयमा रुसी राष्टपति भ्लादिमिर पुटिनले राखेको एक प्रस्तावलाई अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अस्विकार गरेको छ ।

यसअघि रुसले अमेरिकी न्याय मन्त्रालयका अधिकारीलाई रुसका १२ वान्टेड ब्यक्तीसँग सोधपुछका लािग अनुमति दिएको थियो । पुटिनले यो प्रस्ताव त्यसको बदलाल राखेका थिए ।

ह्वाइट हाउसले यसअघि पुटिनको उक्त प्रस्तावमा आफुले विचार गर्ने बताएको थियो तर ट्रम्पले यसलाई अस्विकार गरेको छ ।
यो प्रस्ताव सोमबार ट्रम्प र पुटिनको हेलसिन्कीमा भएको सिखरवार्ताका महत्वपुर्ण मुद्दा मध्यको एक थियो । तर रुसको यस प्रस्तावलाई लिएर अमेरिकी नेताहरु अत्यन्त आक्रोस थियो र यस विषयमा ट्रम्पको कडा आलोचना पनि भइरहेको थियो ।

रुसी अधिकारीहरुले सोधपुछ गर्न चाहेका अमेरिकीहरुमा एक नाम बिल ब्राउडर पनि एक हुन् । बिल ब्राउडर राष्टपति पुटिनका पुर्व कोष ब्यवस्थापक र हाल सबैभन्दा कडा आलोचक मध्यका एक हुन् र अहिले उनी अमेरिका छन् ।

उनले रुसी राष्टपतिको सम्पती करिब २ सय अर्ब भएको दावी गरेका थिए । सत्तामा आएपछि उनले आफनो शक्तिको दुरपयोग गरि अत्यधिक सम्पती जोडेको उनले बताएका थिए ।

 

अमेरिकी सरकारले रुसको प्रस्ताव अस्विकार गरेकोमा ब्राउडरले राहतको अनुभव गरेको छ । उनले ट्रम्प प्रति आभारी रहेको बताए ।
उनले भने– यो फैसला लिन राष्टपति डोनाल्ड ट्रम्पले तीन दिन लगाउनु सट्टा केही सेकेन्डमै लिनु पथ्र्यो । तर म उनी प्रति आभारी छु, किनभने पुटिनलाई सुम्पेर रुसी विषबाट मेरो ज्यान लिने उनको कुनै उद्देश्य छैन । यसले निश्चित रुपमा महत्व राख्छ ।
ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले विहिबार राष्ट्रपति पटिनले इमान्दारीता पुर्वक प्रस्ताव राखेको तर राष्ट्रपति ट्रम्प यसमा सहमत नभएको जानकारी दिइन् ।

यसबीच डेमोक्र्याटिक पार्टीका केही सदस्यले रुसलाई उसको सत्रुतापुर्ण कार्यका लागि जिम्मेवार ठहर्याइएको एक विधेयक पेश गरेका छन् । ट्रम्प र पुटिन दुबैले हेलसिन्की शिखर वार्ता सफल भएको दावी गरेका थिए । ट्रम्पले वार्तापछि लगातार ट्विट गर्दे रुसी राष्टपतिसँग भएको उनको वार्ता अत्यन्त सफल भएको र उसँग पुन भेट्न चाहेको उल्लेख गरेका थिए । पुटिले पनि यसलाई सफल भेटवार्ता भएको बताएका थिए ।

यसअघि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि शुक्रबार ट्रम्प प्रशासन रुसलाई कुनै पनि अमेरिकी नगारिसँग सोधपुछ गर्न अनुमति नदिने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्