सेञ्चुरी बैंकको नयाँ शाखा बुढानिलकण्ठमा



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको हात्तिगौंडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
हात्तिगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले संयुक्त रुपमा गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतलगायतको पनि उपस्थिति रहेको थियो ।

सो शाखासहित बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्