युनाइटेडले बराबरी खेल्यो



लन्डन, (एजेन्सी)
अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एरिजोनामा भएको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकानोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

पाउल पोग्बा, रोमेलु लुकाकु, जेस्से लिंगगार्ड, मार्कस रास्फोर्ड जस्ता मुख्य खेलाडीहरु बिहीन नै प्रि–सिजनको यात्रा अनुरूप म्यानचेस्टर यूनाइटेड अमेरिकामा पुगेको हो । शुक्रबार भएको उक्त मैत्रीपूर्ण खेलमा जोसे माउरिन्होको टोली खेलको ६०औं मिनेटमा पछि परेका थिए । क्लब अमेरिकानोका हेनरी मार्टिनले हेड गोलमार्फत् खेलमा अग्रता लिएपनि युनाइटेडका लागि हुवा माटाले ७८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्