बी.एण्ड बी. मा कार्डियाक सेन्टर



काठमाडौ
बी.एण्ड.बी अस्पतालमा नयाँ सेवा अर्थात् कार्डियाक सेन्टरको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक कार्यक्रमका बीच शुक्रवार उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको स्वास्थ्य उपचारका क्षेत्रमा डा.अशोक बास्कोटा र डा.जगदीशलाल बैद्य पाइनियर नै हो भन्नुभयो ।

मन्त्री यादवले दक्षिण एशियामै ठूलो समस्याको रुपमा रहेको नसर्ने रोग र त्यसमध्येमा पनि पहिलो नम्बरमा रहेको मुटु रोगका बारेमा नेपालमै बी.एण्ड.बी.ले कार्डियाक सेन्टर बिस्तार गरेर अर्को ठूलो फड्को मारेको छ भन्नुभयो । ‘आम नेपालीहरुको पहुँच बाहिरको मुटुरोग लागेर उपचारका लागि भारतमा जाँदा बर्षेनी अरबौ रुपैया बाहिरिदै आएको तथ्य हाम्रा सामु स्पष्ट छ । यसरी नेपालमै सेवा विस्तार गर्नु अत्यन्तै खुशीको कुरा हो’–उहाँले भन्नुभयो ।

मन्त्री यादवले रोग लाग्नु भन्दा पहिले रोग नै लाग्न नदिन र लागिहाले के गर्ने भन्ने बारेमा जनचेतना बढाउनुपर्ने खाँचो रहेको औल्याउँनुभयो ।
अस्पताल संस्थापक प्रा.डा.बैद्यले २० बर्षे बी.एण्डबीको यात्राको क्रममा नयाँ सेवा कार्डियाक सेन्टर खोलेर एउटै छानामुनी सबै खाले सुविधा दिने उदेश्यले मुटु उपचारको थालनी भैसकेको जानकारी गराउनुभयो । उहाँले मुटुरोगकै कारण विश्वमा डेढ करोड भन्दा बढी मानीसले ज्यान गुमाईरहेको अवस्थामा नेपालमा पनि नसर्ने रोग मध्ये २२ प्रतिशत मुटुरोग रहेको अवस्थामा सेवा सुरु गरेको जानकारी गराउनुभयो ।
आधुनिक सेवा प्रदानमा कुनै कन्जुस्याई नराख्ने उदेश्यका साथ १ दशमल्भ ५ टेस्लरको अत्याधुनिकि उपकरण अर्थात एमआएआई अस्पतालमा सुचारु भैसकेको पनि उहाँले जानकारी गराउनुभयो ।

सोही अवसरमा बरिष्ठ डा.सुन्दरमणी दिक्षीतले डा.बास्कोटा र बैद्य कुनै ठूला उद्योगी व्यवसायी नभए पनि स्वास्थ्य सेवाको भावनाले प्रेरित भएर नैतिकवान र इमानदारितापूर्वक अघि बढ्ने दृढ शक्ति बोकेका व्यक्ति भएको चर्चा गर्नुभयो । उहाँले सबै नीजि क्षेत्रबाट संचालित सबै अस्पताल नैतिकवान नभएको विचार राख्नुभयो । तर सरकारले यतिका काम गर्ने अस्पताललाई कहिल्यै सम्बोधन गरेन ।

प्रा.डा.अशोक बास्कोटाले २०५४ सालमा सहकर्मी डा.बैद्यसँगको सहकार्यमा शुरु गरेको बी.एण्ड.बी.को सेवाको जग २०४२ सालमा स्थापना गेको काठमाडौ नर्सिङहोम रहेको स्मरण गराउँनुभयो । आजका दिनसम्म पुग्दा स्वास्थ्य सेवाका क्षेत्रमा निकै सघर्ष गर्नुपरेको उहाँको अनुभव थियो । लगनशीलता र दुरदृष्टि राखेर काम गरेकै काराण ४ दशक अघिको जनशक्ति बिकासमा समेत फड्को मार्न सफल भएका छौ भन्नुभयो । यो अस्पतालको स्थापनाले हजारौ हजार बिरामीले स्वास्थ्य सेवा पाएका छन् भने सयौ नेपालीले चिकित्सा सेवाका क्षेत्रमा रोजगारी पाएका छन् भन्नुभयो ।

सोही अवसरमा मुटुरोग विशेषज्ञ डा.दीपक कुमार मिश्रले बी.एण्ड.बीको स्वास्थ्य सेवा सरकारकै स्वीकृतिमा चलेको र सरकारको योजना अनुरुपनै काँधमा काँध मिलाएर अघि बढेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्