रहस्यमय बन्दै घले हत्याकाण्ड



विजय नेपाली, पोखरा
गत जेठ २८ गते राती पोखराको रामबजारमा एकै परिवारको तीन जनाको घाँटी रेटिएको घटना थप रहस्यमय बनेको छ भने मृतक बालकको ४० दिन पुगि सक्दा पनि दाहसंस्कार हुन सकेको छैन ।

मकवानपुर बकैया गाउँपालिका घर भइ पोखरा रामबजार बस्दै आएका ३८ वर्षिय रामजी घलेले नै आफ्नो श्रीमती सुमित्रा घले र छोरा ज्ञान घलेको हत्या गरेको भन्ने खबर प्रारम्भिक अनुसन्धानले देखाए पनि घटना योजनाबद्ध रुपमा भएको हुन सक्ने र घटना सुमित्रा घलेले गरेको स्थानिय तथा रामजी घलेको दाजु नारायण घलेले बताए ।

घटनामा ११ वर्षिय ज्ञापन घलेको (छोरा) घटनास्थलमै मृत्यु भएको थियो भने गर्भमा रहेको ९ महिने शिशुको समेत मृत्यु भएको थियो घटनामा आमा र बाबा घाइते भएका थिए । रमजी घलेलाई गम्भीर चोट लागेको थियो उनको दाइने कानदेखि देब्रे कानसम्म घाँटी रेटिएको थियो भने सुमित्राको थोरै मात्र रेटिएको थियो भने उनीहरु सङै बस्दै आएको सुमित्राकी आमा भने सकुशल थिइन । दुबै जना उपचार पश्चात निको भएका छन ।

एउटै घरमा रहेको सुमित्राकी आमाले ज्वाइले नै नाति र छोरिको हत्या गरेको भनेर प्रहरीमा बयान दिएपछि प्रहरिले रामजीलाई निको भए पछि हिरासतमा लिएको छ ।

रामजी होसमा आएसङै घटनाले अर्को रुप लिएको छ । प्रहरिले रामजीलाई अनुसन्धान गर्ने क्रममा आफुले घटना नघटाएको र सुमित्राको भाइ बेल बहादुर खानले घटना घटाएको बयान दिएसङै यसले थप रहस्य बनाएको छ ।

उता सुमित्राले भने हत्या रामजिले नै गरेको बताइन । उनले भनिन “त्यो दिन मेरो पेट दुखी राखेको थियो, तीन चार पटक बाहिर आएको थिए, उहाँ सोफामा बस्नु भएको थियो, भोलि अस्पताल जानू पर्छ गएर सुत्नुस भने, हामी किचेनमा सुत्थेयौ पछि म पेस दुखेर जान सकिन राती करि १(२ बजेको थियो पछाडि बाट आएर उहाले मेरो घाँटी रेट्नु भयो“

“रामजिलाइ हिरासतमा राखेर यो घटनाको बारेमा सत्य तथ्य आउदैन, घटनामा अरुकै हात छ उनिहरुराइ पक्राउ गरि अनुसन्धान गर्नु पर्छ अनि मात्र सत्य तथ्य बाहिर आउँछ“ रामजीका दाइ नारायण घलेले बताए । नेपाल समाचारपत्र सङ बोल्दै उनले थपे “ हामी यो घटनाको खबर पाउने बितिकै हेटौंडाबाट यहाँ आइ पुग्यौं,हामिले हाम्रो मान्छेको खोजी गर्दा भाइलाइ वेहोस अवस्थामा मणिपालको आइसियुमा उपचार गर्दै गरेको पायौं अनि बुहारिको खोजी गर्दा गण्डकी अस्पतालमा उपचार रहिछिन भन्ने कुरा जानकारी भयो त्यहाँ भेटन जादा उनको आफन्तजनले भेटन दिएनन कति चोट लाग्यो हामिलाइ थाहा भएन वास्तवमा सुमित्रा हाम्री बुहारी हामिले उपचार गर्न पाउनुपर्ने हो उहाका आफन्तजनले किन लुकाएको हो ? त्यो रहस्य हामिले बुझ्न सकेनौ ।“

त्यस्तै स्थानियवासी सीता न्यौपानेले पनि घटनामा अरुकै सम्लग्न रहेको हुन सक्ने बताइन । “ मैले त सुमित्रालाई मात्र चिनेको थिए, उनलाइ भेटन गण्डकी हस्पिटल गएको थिए, म उनिकै छेउमा थिए अचानक एकजना युवा आएर अन्टि मलाइ बचाउनु है , मपनी त तपाइँकै छोरा हु, भन्यो शुरुमा त थाहा भएन कोहो भनेर पछि बुझ्दै जादा सुमित्राको दिदिको छोरा भएको थाहा पाए “ उनले भनिन । त्यस्तै माय गुरुङले पनि सुरुमा रामजी नै दोषी हो कि भन्ने लागेपनि पछि रामजी निर्दोष रहेको बताइन ।

हामिले त शुरुमा सुमित्रालाइ मात्र देख्यौ रगतमा लटपटिएको देख्यौ हामिले त डेलिभरी हुनलागेको होकि भन्ने सोच्यौ भित्र बाबू छोरा लडेको देखेनौ अनि हामिले अस्पताल लगयौ सुमित्रालाइ अस्पताल पुगेपछी मात्र थाहा भयोकी ठूलो घटना घटेको रहेछ । सुमित्राको आधा इन्च मात्र काटेको गुरुङले बताइन । त्यस्तै उनिलाइ अस्पताल लैजान सहयोग गरेकी गौमाया गुरुङले पनि घटनामा सुमित्राकै हात रहेको बताइन ।
“फोन गरेर ट्याक्सी बोलाउन सक्नेले हारगुहार मागन सक्तैन, हस्पिटल जादा बच्चालाई पनि सङै लैजान भन्नू सक्थ्यो तर तेस्तो गरिनन“ उनले बताइन । घटना सुमित्राले नै घटाएको आरोप कालिका आमा समुह परिषदले लगाएका छन । रामजीले न्याय पाउनु पर्छ भन्दै सत्य तथ्य र निसपक्ष छानबिन गरि अपराधिलाइ कार्वाही गर्नु पर्ने भन्दै ज्ञापनपत्र समेत बुझाएका छन ।

शुक्रबार उनिहरुले जिल्ला प्रहरी कार्यालय कास्किमा धर्ना समेत बसेका थिए । घटना अत्यन्तै गम्भीर भएकाले गहिरो अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर राणाले बताए । अपराधी जोकोही भएपनी उमकन नपाउने उनले बताए । “प्रमाण जुटाउने काम भएको छ, अहिले हामी अनुसन्धानको क्रममा छौ “ राणाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्