सत्ता पक्षले बीपीको राष्ट्रियता र प्रजातन्त्र सिक्नुपर्ने



नेपाल समाचारपत्र, बुटवल
सरकारको नेतृत्व गरिरहेको सत्तापक्षले बिपीको राष्ट्रियता र प्रजातन्त्रको रक्षाको सिद्धान्त सिक्नुपर्ने एक कार्यक्रममा वोल्ने वक्ताहरुले बताएका छन ।

राष्ट्रिय एकताको लागि बिपिले अग्रीकार गर्र्नु भएको मार्ग दर्शनलाई सवै दलहरुले पालना गर्नु पर्नेमा समेत वक्ताहरुले जोड दिएका छन । रिपोर्टर्स क्लव प्रदेश ५ ले शुक्रवार बुटवलमा बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको सरकार जनउत्तरदायि बन्न सकेन ,नारा समृद्धि, ब्यबहार निरंकुश देखिएको आरोप लगाएका थिए ।

कार्यक्रममा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिडेको टीप्पणी गर्नुभयो । जनताको भाबना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गर्नु भयो ।

जनताको इच्छा र उत्तरदायि हुने नेताको रुपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए । प्रदेशसभा ५ सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न नसकेको बताउनु भयो ।

‘अहिलेका नेताले आफु नै बोलेको ठिक भन्ने तर अरुको कुनै बिचार नै नलिने,नसुन्ने गर्छन् त्यो गलत हो’उहांको कथन थियो । ‘आर्थिक नीति तिम्रो ,प्रजातान्त्रिक राजनीति मेरो भनेर बिपिले पुष्पलाललाइ सम्झाउनुहुन्थ्यो ,अहिले बिपीलाइ लान्छना लगाउनु गलत हो ।’ पोखरेलले भन्नु भयो । प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले बीपीलाइ एक कुशल राष्ट्रभक्त नेताको रुपमा चिन्नुपर्ने भन्दै उहाँले इतिहास साक्षी रहेको प्रष्ट पादै राष्ट्र एकताको लागि बीपीवाट पाठ सिक्नुपर्ने बताउनु भयो ।

संघीयता बलियो बनाउन राष्ट्रबादी सबै एकजुट बन्नुपर्ने उहाँको धारणा छ । बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक डा सुरेन्द्र गिरिले बामपन्थीले गहन अध्ययनबिना बिपीलाइ देश बेच्यो भनेर आरोप लगाएको स्मरण गर्दैै उनले २०३३ सालमा बिपीले मेलमिलापको नारा लिएर देश आएको बताए । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले आफुलाई पहिले बामपन्थी भएकाले बिपिको बारेमा स्कुलीङ नै तीतो शब्दमा गरिएको बताउनु भयो ।

उहाँको सिद्धान्त अहिलेपनि सान्दर्भिक रहेको उल्लेख गर्दै पढेको र ब्यबहार निकै फरक पाएको उल्लेख गर्नु भयो । सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डेले बिपी अन्तरनिहित पात्र भएकाले कुनै दल बिशेषका नेता मात्रै नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्