विकासको नाममा वन अतिक्रमण



शालिकराम चालिसे, नुवाकोट
जिल्ला बन कार्यालय नुवाकोटले नुवाकोटका करिब २०० हेक्टर बन अतिक्रमण भएको जनाएको छ ।
आर्थिक बर्ष २०७४। ७५ को एक बर्षको समयमा सात हजार हेक्टर बनक्षेत्रलाई अतिक्रमण गर्नबाट रोकी ब्यबस्थापन गरेको जिल्ला बन कार्यालय नुवकोटले जनाएको छ । जिल्ला बन कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७४।७५ मा गरेको कार्यसम्पादन, मूल्यांकन, उपलब्धी, लगायतको बार्षिक कार्यक्रमको सार्बजनिक सुनुवाई तथा पुरस्कार बितरण कार्यक्रममा वन कार्यालयले बर्षभरीमा ४ वटा सामुदायिक बन उपभोत्ता समिती गठन भएको, ७९ वटा बन कार्ययोजनाको नविकरण भएको, बिभिन्न प्रजातिका ३० हजार बिरुवा उत्पादन गरी करिब १५ हेक्टर क्षेत्रफलमा बिरुवारोपण गरिएको जनाएको छ ।

यस्तै,े वन क्षेत्रमा अबैध कटान चोरी , शिकारी, तथा अतिक्रमण नियन्त्रण गर्दै बिभिन्न स्थानमा घाईते, बिरामी आदि रुपमा रहेका बिभिन्न बन्यजन्तुलाई उद्धार गरी प्राकृतिक बाताबरणमा छाडिएको बन कार्यालय नुवाकोटले पेश गरेको प्रतिबेदना उल्लेख गरिएको छ ।
बन कार्यालयको सभाहल बिदुरमा भएको सार्बजनिक सुनुवाई तथा पुरस्कार बितरण कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख सन्तमान तामाङले स्थानीय सरकारको प्राकुकि स्रोत र साधनको प्रयोग गरेर आर्थिक रुपमा सवल बन्ने नितिलाई सामुदायिक बन तथा निजी बन क्षेत्रले महत्बपूर्ण योगदान दिने बताउनुभएको छ । जिल्ला समन्वय समितीका प्रमुख तमाङले नुवाकोटमा बन पैदावारमा बृद्धि भएसँगै बन्यजन्तुहरुको चोरी शिकारीको अपराध बढ्न सक्ने भएकाले यस्ता क्रियाकलापमा संलग्न अपराधीहरुको लागि कडा कानुन बनाउन आबश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले वन मानब जीवनको आबश्यक धन रहेको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी थापाले बन बिनाश नेपालमा मात्र नभई संसारमै बृद्धि भैरहेको र यसले बिकासमा नकारात्मक असर पार्ने बताउदै बाताबरण सन्तुलन कायम राख्न बनलाई जागाई राख्न आबश्यक रहेको बताउनुभएको छ । जिल्ला बन कार्यालय नुवाकोटको आयोजनामा भएको सार्वजनिक सुनुवाई तथा पुरस्कार बितरण कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उपभोताले हुर्काएको सामुदायिक वन जिल्ला बन कार्यलय सँग समन्वय गरी राज्यले उपभोत्ताले नै उपभोग गर्न सकिने अधिकार दिएको जनाकारी दिदै राज्यको यस कार्य प्रशंसनीय रहको बताउनुभएको छ ।

बिदुर नगरपालिकाका मेयर पण्डितले बिदुर नगरपालिकामा अन्य स्थानीय तहको तुलनामा वन अतिक्रमण अत्यन्त बृद्धी भएको र बन अतिक्रमणलाई रोकथामको लागी जिल्ला बन कार्यालयसँग समन्वयन गरी आबश्यक निती तथा कार्यक्रमहरु गरीरहेको जानकारी दिनुभएको छ । राज्य संघीयतामा गए पश्चात बन बिभागले जिल्लामा एक बटा बन डिभिजन कार्यालय रहने र ६ वटा सब डिभिजन कार्यालय राखिने आदेशसँगै जिल्ला बन कार्यालय नुवाकोटले बन डिभिजन कार्यालय नुवाकोट सहित बिदुर सब डिभिजन कार्यालय बिदुर, देउराली सब डिभिजन कार्यालय म्यागाङ, रातमाटे सबडिभिजन कार्यालय बेलकोटगढी, खरानीटार सब डिभिजन कार्यालय तादी, ककनी सब डिभिजन कार्यालय ककनी र समुन्द्रटार सब डिभिजन कार्यालय दुप्चेश्वर रहने गरी प्रस्ताबित वन संगठनको खाका तयार पारेको जिल्ला बन कार्यालयका प्रमुख बन अधिकृत पदमराज नेपालले जानकारी दिनुभएको छ ।

आर्थिक बर्ष २०७४।७५मा जिल्ला बन कार्यालय नुवाकोटले राष्ट्रिय बन बिकास, सामुदायिक तथा कबुलियती बन बिकास, बृक्ष सुधार, बृक्षारोपण तथा निजि बन, बन्यजन्तु सुरक्षाको लागी क्षेत्रिय सहयोग प्रबद्र्धन, राष्ट्रिय पुनिर्माण प्राधिकरण कोष कार्यक्रम अन्तर्गत आयआर्जन कार्यक्रम लगायत बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको सहायक बन अधिकृत भाबना रिजालले पेश गर्नुभएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सार्बजनिक सुनुवाई तथा पुरस्कार बितरण कार्यक्रममा सामुदायिक बन उपभोत्ता समुहबाट सम्पादित कार्यक्रमको अनुगमन तथा मूल्यांकनको आधारमा विदुर नगरपालिका वडा नम्बर ८ स्थित माझीगाउ सामुदायिक बन उपभोत्ता समिती पहिलो, विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको कालिकास्थान महिला बन उपभोत्ता समिती दोश्रो, किस्पाङ गाउँपालिका वडा नम्बर ४ स्थित कन्या महादेब बन उपभोत्ता समिती तेश्रो र शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा रहेको गंगादेबी बन उपभोत्ता समितीले सान्त्वना स्थान हाँसिल गर्नुभएको छ ।

 

यस्तै, निजी क्षेत्रका बन उपभोत्ताबाट सम्पादित कार्यक्रमको अनुगमन तथा मूल्यांकनको आधारमा किस्पाङ गाउपालिकाका चि घले पहिलो, पञ्चकन्या गाउपालिका वडा नम्बर ५ का रघुबिर तामाङ दोश्रो र म्यागाङ गाउपालिका बडा नम्बर ४ का बाङदार्जे तामाङ तेश्रो हुनुभएको छ । उत्कृष्ठ भएका समाुदायिक बन तथा निजी क्षेत्रका बन धनीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वयन समिती नुवाकोटका उपप्रमुख अप्सरा थापा, जिल्ला समन्वयन समितीका प्रशासकिय अधिकृत सच्युतराज अधिकारी, सामुदायिक बन उपभोत्ता समिती नुवाकोटका अध्यक्ष नारायण नेपाल लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्