मालपोत कार्यालयको काम ठप्प



दोलखा, (नेस)
करारमा रहेका कर्मचारीको म्याद थप नभएपछि मालपोत कार्यालय दोलखाको काम ठप्प भएको छ ।
मालपोत कार्यालय दोलखामा करारमा रहेर सहायक कम्प्युटर अप्रेटर दुई जना कार्यरत रहेकोमा आज (विहिवार) करारका रहेको कर्मचारीको म्याद थप नगर्नु भन्ने आदेश आएपछि उनीहरुले काम छोडेको मालपोत कार्यालय दोलखाका निमित्त प्रमुख अर्जुन पोखरेलले बताए ।

मालपोतमा हुने जग्गा रोक्का, जग्गा फुकुवा, पुर्जा वितरण लगाएत सबै काम कम्प्युटरबाटमात्र हुने र कम्प्युटरमा कार्यरत करारका दुबै कर्मचारीले काम छोडेपछि काम ठप्प भएको निमित्त प्रमुख पोखरेललरेलको भनाई छ । कार्यालयमा एक जना कम्प्युटर अपरेटरको स्थाई दरबन्दि रहेको भएपनि उनी काजमा काठमाडौँमे रहेकोले काममा समस्या भएको पोखरेलले बताए ।

मालपोत कार्यालय दोलखामा सवारी चालक बाहेक स्थाई १७ जना र करार दुई जना रहेकोमा अब १७ जनामात्र कार्यरत रहेका छन् । कार्यरत १७ जनामा पनि ३ जना करारकै कर्मचारी रहेको कार्यालयले जनाएको छ । कार्यालयको सबै काम कम्प्युटरबाट हुने भएकोले कम्प्युटरकै कर्मचारी नभएकोले काम ठप्प भएको कार्यालयले जनाएको छ ।

कम्युटर अपरेटरको अभावमा कार्यालयको काम ठप्प भएको बारे आफुले जिल्ला प्रशासन कार्यालय, विभाग र सम्बन्धित मन्त्रालयमा जानकारी गराई सकेको निमित्त प्रमुख पोखरेलले बताए । कार्यालयमा दैनिक एकसय भन्दा बढी सेवा ग्राहीहरु कामको लागि आउने भएकोले तत्काल कम्प्युटर अपरेटरको व्यवस्था हुन नसके समस्या हुने पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्