जिल्ला अदालतमा मुद्दाको अवस्था फैसला लक्ष्यमा पुगेन, कार्यान्वयनमा फड्को



मोतीराम तिमल्सिना, काभ्रे
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन, समयमै म्याद तामेली हुन नसक्नु र प्रमाण जुटाउन नसक्नु जस्ता कारण जिल्ला अदालत काभ्रेपलाञ्चोकले मुद्दाको फैसलामा लक्ष्य भेट्टाउन सकेन ।

जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार समयमै म्याद तामेली नहुँदा फैसलामा ढिलाई हुन पुगेको बताए । मुलुकले त्यहि समय प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि सम्पन्न गरेकाले अदालतको केहि जनशक्ति निर्वाचनमा समेत परिचालन हुनु परेकाले फैसलामा केहि असर पु¥याएको छ । मुद्दा बुझ्न आवश्यक पर्ने प्रमाण समयमै पु¥याउन नसक्दा मुद्दाको पुर्ण अंग हुन सकेन ।

त्यसकारण पनि मुद्दाहरुको फैसला समयमै हुन सकेन । जिल्ला न्यायाधीश लेखनाथ ढकाल हुँदा अदालतले लक्ष्य भन्दा धेरै मुद्दा फैसला गरेको थियो । निमित्त र केहि समय जिल्ला न्यायाधीश रहेका मेदिनीप्रसाद पौड्यालको कार्यकालमा पनि अदालत लक्ष्य नजिक पुगेको थियो । जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारीले अदालतले लक्ष्य भेट्टाउने गरी काम गरेको भए पनि विविध कारणवश आर्थिक वर्षमा लिएको लक्ष्य पुरा गर्न नसकेको बताए ।

जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फैसलाको लक्ष्य राखेको थियो । जसमा ५२.४७ प्रतिशत मात्रै मुद्दाको फैसला भएको छ । १ हजार ७९ मुद्दा फैसला गर्ने योजना भए पनि ८ सय ४९ थान मुद्दाको मात्रै किनारा लागेको छ । अदालतमा १ हजार ६ सय १८ मुद्दाको लगत रहेको छ । चालु वर्षका लागि ७ सय ६९ थान मुद्दाको जिम्मेवारी सरि आएको छ । २ वर्ष नाघेका मुद्दाहरु ३३ थान बाँकी रहेका छन् भने डेड वर्ष अवधीका १ सय २४ थान मुद्दा बाँकी रहेका छन् ।

 

त्यस्तै ६ महिना देखि एक वर्ष अवधीसम्मका मुद्दा १ सय ५२ थान छन् । ६ महिना अवधीका मुद्दाको संख्या ४ सय २९ थान रहेको छ । गत आर्थिक वर्षमा दर्ता भएका १ हजार २८ र जिम्मेवारी सरी आएका ५ सय ९० थान मुद्दाह मध्ये असार महिनामा मात्रै १ सय ४७ थान मुद्दा फैसला भए । अघिल्ला वर्ष दुई वर्ष नाघेका एक थान मुद्दाहरु पनि थिएनन् । डेड वर्ष भन्दा माथी अवधीका मुद्दाहरु ७९ थान फैसला भएका छन् भने डेडसम्मका २ सय २७ थान, ६ महिना देखि एक वर्षसम्मका २ सय ८१ थान, ६ महिना भित्रका २ सय ६२ थान मुद्दा फैसला भएका छन् ।

गत आर्थिक वर्षमा बन्दी प्रत्यक्षीकरण १, निशेधाज्ञा १ थान दताए भएका थिए । फैसलामा लक्ष्य भेटाउन नसकेको अदालतले मुद्दाको कार्यान्वयनमा भने लक्ष्य भन्दा धेरै उपलब्धी हासिल गरेको छ । तहसिलदार निरकुमार विकका अनुसार ७१.२९ प्रतिशत कार्यान्वयन भएको छ । १ सय ४३ वटा मुद्दाको फैसला कार्यान्वयन गर्ने लक्ष्य लिएकोमा १ सय ५४ थान मुद्दा कार्यान्वयन भएको छ । १ सय ३३ दर्ता हुने अपेक्षा राखिएकोमा १ सय ४६ वटा मुद्दा फैसला कार्यान्वयनका लागि दर्ता भएको छ । विगो भराउने, बण्डा छुट्टयाउने, चलन चलाउने, अन्य समेत गरी २ सय १६ वटा निवेदन दर्ता भएका थिए । तहसिल शाखामा एक वर्ष नाघेका फैसला ७१ वटा कार्यान्वयन भएको छ । ६२ वटा निवेदनको कार्यान्वयन अझै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्