प्रधानसेनापतिद्वारा निरीक्षण



काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले शmुबार खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभई सकलदर्जाहरुलाई सम्बोधन गर्नुभएको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी क्षत्री काठमाण्डौँ फिर्ता हुनुभएको छ । निरीक्षण भ्रमणको सिलसिलामा उहाँ बिहीबार रुपन्देही जिल्लामा तैनाथ श्री मध्य पश्चिम पृतनातर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्