साप्ताहिक राशिफल (साउन ५ देखि ११ गतेसम्म)



मेष
तपाईंका लागि साताको शुरु आज एक दिन र अन्त्यका तीन दिन धेरै फलदायी देखिन्छ । आर्थिक लाभ हुनुका साथै खाद्यान्न प्राप्ति होला । भाग्योदय, उपहारादि वस्तु प्राप्ति, शुभ खबर प्राप्ति, मित्रजनबाट सहयोग हुनेछ । कतैबाट स्वागत–सत्कार हुनाले हर्षविभोर, आत्मसन्तुष्टि होला । तर आइतबारबाट मंगलबारसम्म निरर्थक खर्च, आर्थिक अभाव, चोटपटकको भय, आफन्तबाट धोका नहोला भन्न सकिन्न ।

वृष :साताको धेरैजसो दिनहरु शुभ छन् । शारीरिक स्फूर्ति बढ्नेछ । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ ।

मिथुन :
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ । तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ । पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ । राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ । थालनी गरिएका अधुरा काम पूरा हुनेछन् । नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ । शुक्रबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला ।

कर्कट :
साताको शुरुको दिन शनिबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ । तर बाँकी दिनहरु भने धेरै लाभदायक छन् । इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ । व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन् । इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ ।

सिंह: यो साता तपाईंका लागि मिश्रित फलदायक देखिन्छ । आज शनिबार मान–सम्मान बढ्नेछ भने त्यसपछिका दिनहरु त्यति सन्तोषजनक छैनन् । दिनचर्या अस्तव्यस्त हुने, विनाउपलब्धिको दौडधुप हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ । सजग रहनुहोला । तर बुधबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछ । स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ ।

कन्या:
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन् । गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ । कतैबाट खाद्यान्न लाभ होला । आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ । उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ । तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ । धन हानि, मान हानिको सम्भावना छ । धैर्य गर्नुहोला ।

तुला :
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ । राज्यद्वारा दिइने सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरुपमा स्वस्थ भइनेछ । त्यस्तै बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ । सबैको वाहवाही हुने देखिन्छ । तर साताको अन्त्य शुक्रबार भने केही अस्वस्थता र तनाव नहोला भन्न सकिन्न ।

वृश्चिक :
साता धेरै शुभ फलदायक देखिन्छ । आज शनिबार पेटको समस्या, दौडधुप भए पनि बाँकी सबै दिन उपलब्धिमूलक छन् । कतैबाट धन–पैसा प्राप्तिको योग छ । यसले गर्दा आर्थिक समस्या समाधान हुनेछ । कुनै प्रतियोगिताहरुमा भाग लिएको भए जित्ने सम्भावना अधिक छ । प्रेमप्रसंगले पूर्णता पाउनेछ । जीवनसाथीको सहयोगले ठूलै काम बन्ला । आफन्तबाट सहयोग पाइनेछ ।

धनु :
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । आज शनिबार केही शुभ संकेत देखा परे पनि मंगलबारसम्म काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ । यो अवधिमा शारीरिक एवम् बौद्धिक कसरत गर्नुपर्ला । त्यसपछिको समय भने शुभ फलदायक छ । काममा रुचि जाग्नाले सफलता प्राप्त हुने, यश–ऐश्वर्य बढ्ने, सुख–सन्तोष हुनेछ ।

मकर :
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन् । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला । राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ । प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न । तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ । दोडधुप, तनाव एवम् लखतरान परिएला । पारिवारिक विवाद हुन सक्छ ।

कुम्भ :
यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ । गरेका काम सफल हुने, कहीँ वंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरु खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ । तर शुक्रबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने सम्भावना छ । सतर्क रहनुहोला ।

मीन :
साता उत्तम फलदायक छ । आँटेका र थालनी गरिएका अधुरा कार्यहरु पूरा हुनेछन् । व्यापारिक क्षेत्रमा लागेका व्यक्तिलाई सोचेभन्दा बढी फाइदा होला । कुनै अचल सम्पत्ति वा भविष्यमा फाइदा दिने शेयर अथवा कुनै व्यवसायमा लगानी होला । पराक्रम, प्रतिष्ठा, इज्जत बढ्नाले मानसिकरुपमा स्वस्थ एवम् तनावरहित भइनेछ । साताको शुरु आज शनिबार भने रोगव्याधि, विवाद नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्