राष्ट्रव्यापी मुक्तक प्रतियोगिताको तयारी



लमजुङ । लमजुङमा मुक्तक उत्सवसहित चौथो राष्ट्रव्यापी मुक्तक प्रतियोगिताको तयारी गरिएको छ । जिल्लाको जेठो पत्रिका अन्तरङ्गको २७औँ वार्षिकोत्सवका अवसरमा सोही पत्रिका परिवारद्वारा उक्त प्रतियोगिता गरिने भएको हो ।

प्रतियोगितामा प्राप्त मुक्तकको संग्रह प्रकाशन गरी पुरस्कार वितरण कार्यक्रममा विमोचन गर्नेसमेतको कार्यक्रम रहेको आयोजकको भनाइ छ । उक्त प्रतियोगिताका विजेताहरूलाई आउँदो भदौ २१ गते शनिबारका दिन लमजुङकको जिल्ला सदरमुकाम बेसीशहरमा एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीले बताए । उक्त अवसरमा मुलुकका ख्यातिप्राप्त मुक्तककारहरूलाई वाचनका लागि आमन्त्रण गर्नुका साथै सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने दुईजनालाई क्रमशः १२, ८, ५ र ३÷३ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य पाँचजनालाई विशेष उपहारसहित प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्