ब्ल्यु ओरिजिनको सफल परीक्षण



अस्टिन (एजेन्सी)
ब्ल्यु ओरिजिनले अहिलेसम्मकै अत्यन्त जटिल परिक्षण सफलता पुर्वक पुरा गरेको छ । टेक्सस स्थित उसको प्रक्षिक्षण केन्द्रमा रकेट बुस्टरबाट चालक बस्ने क्याप्सुल छुट्याउने परीक्षण भएको र सबैकुरा अनुमान गरिए अनुसार कै भएको बताइएको छ ।

उक्त चालक बस्ने क्याप्सुलले आफु अलगिनु पर्ने मोटरलाई सहि समयमा आफुबाट अलग्याएको थियो । यस प्रक्षेपणमा उक्त क्याप्सुललाई यस अघिको भन्दा माथि पुर्याइएको थियो । यो सफल परिक्षण विश्वकै धनाध्य अनलाइन ब्यापारी जेफ बजोसको रकेट कम्पनीका लागि ठुलो कोशेढुंगा भएको छ । यसअघि कम्पनीले यदि परीक्षण सफलता पुर्वक अगाडी बढेमा उक्त रकेट कम्पनीलाई यस बर्षको अन्त्यबाट सन्चालनको स्थितिमा आउने बताएको थियो ।

हिजो परीक्षण ब्ल्यु ओरिजिनको ९ औ प्रक्षेपण हो र न्यु सेपार्ड रकेटको तेस्रो हो । २० हजार भन्दा बढी दर्शकले उक्त परिक्षणलाई ब्ल्यु ओरिजिनको यु ट्युब लाइभ स्ट्रिममा हेरेका थिए । क्याप्सुल तथा बुस्टर दुबै पुन प्रयोग गर्न सकिने गरि डिजाइन गरिएका छन् ।
प्रक्षेपण परीक्षण साढे दुई मिनेटमा पुरा भएको थियो , जुन बेला इन्जिन बन्द भयो । पुरा अभियानले करिब ११ मिनेट लिएको र क्याप्सुलले ३ लाख ८९ हजार ८ सय ४६ फिटको उचाईमा अधिकतम २ हजार २ सय ३६ माइल प्रति घण्टा बेग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्