दुई तिहाईको उपलव्धी !



२/४ साताअघि मन्त्रीहरु भन्थे–‘सरकार कसैसँग झुक्दैन, सिन्डीकेट कुनै पनि हालतमा तोडिन्छ, सुन तस्करीका ठूला माछा छिटै जालमा पर्छन्, गुन्डाराज अन्त्य हुन्छ ।’ यस्तो दावी गर्ने सरकार त्यस्ता विषयमा लुरुक्क प¥या छ, कानूनको दायरामा आइसक्या भन्या समुह वा विषय फेरी धमाधम व्यूँतिएको छ ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै आमरण अनसन बस्या डा. केसीका मागबारे सरकार भन्छ–‘कुनै पनि हालतमा सरकार झुक्दैन, कोही अनसन बस्दैमा सरकार गल्दैन ।’ केसीको पक्षमा उत्रिएका दल र विविध समूहको समर्थन निकै चर्को भएछ क्यार पीएम ओली केही दिन अघि भन्दै थिए–‘हाम्रो पार्टीमा विपक्षीको प्रतिकार गर्ने कोही भएन, लेख्ने र देख्ने कोही भएन, विपक्षी बलियो भए ।’

उनको कुरा सुन्दा सरकार झुक्या हो कि केसीका समर्थक बढेकोबारे झुक्किएको हो, धरहरा धेरै कन्फूजमा छ । गुण्डाराजसँग नझुकेको सरकार, केसी र उनका समर्थक अघि बढो साहसी बन्या छ, अस्पताल परिसरमा प्रहरी बल प्रयोग गरेर केसीलाई काठमाडौं ल्याएको छ । जुम्लामा भएको ‘झडपमा प्रहरी मारिए’ भन्ने चर्चा चलाएर सरकारले रणनैतिक सफलता प्राप्त ग¥या छ ।

अब केही दिनपछि सरकारले आफ्नो कार्य सफलता सूचीको पहिलो पङ्तीमै उल्लेख हुनेछ–‘जुम्लामा आमरण अनसन बसेका केसीलाई काठमाडौं ल्याइयो, उनको रहर तोडियो ।’ अनि अर्को बुँदामा उल्लेख हुनेछ–‘जुम्ला झडपमा ठूलो जनधनको क्षति भएन ।’

प्रतिक्रिया दिनुहोस्