धोनीले संन्यास लिने अडकल



नयाँ दिल्ली, (एजेन्सी)
भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीले सबै फरम्याटबाट संन्यास लिने अडकल लगाइएको छ ।

हालै इंग्ल्यान्डमा भएको टी २० सिरिजमा भारतले जित्दा वा वानडे सिरिजमा हार्दा धोनीले खेलेका थिए । वानडेमा पहिलो र दोस्रो खेलमा धोनीले सुस्त गतिमा खेलेकोले उनको आलोचना भएको छ । उनलाई बचाउन टोली र कप्तानले बोल्न थालेका छन् । तर भारतीय मिडियाले जनाएअनुसार उनको प्रदर्शन कमजोर बनेको छ र संन्यास लिनेछ ।

भारतीय क्रिकेट टोलीले भने धोनीका लागि खेल जित वा हारभन्दा पनि माथि रहेको भन्दै बचाव गरिरहेको भारतीय मिडियाले जनायो । हल्ला यति जोरले चलिरहेको छ कि धोनीले अब सबै जसो फरम्याटबाट संन्यास लिनेछन् । यसमा सबैभन्दा ठूलो आधार एउटा सानो भिडियो क्लिप हो । लीड्समा खेलिएको वानडे खेल हारेपछि धोनीले मैदान बाहिर आइरहँदा अम्पायरसँग बल माँगे र बल आफ्नै साथ लगेका थिए ।

सोसियल मिडियामा यो भिडियो क्लिप र फोटो भायरल भएको छ । अडकल लगाइरहेको छ कि धोनीले यो बल सम्झनाको लागि राख्न माँगेका थिए । मिडियाले दावी गरे कि त्यो अन्तर्राष्ट्रिय खेल अन्तिम वान्डे सावित हुन सक्ने सोचेको होलान । पहिलो खेलमा इंग्ल्यान्डले २ सय ५६ रन बनायो र भारतले ४१ औं ओभरमा लक्ष्य हासिल गरेको थियो ।

दोस्रो खेलमा इंग्ल्यान्डले ३ सय २३ रनको ठूलो लक्ष्य दिएको थियो । तर भारतीय टोली २ सय ३६ रनमै समेटियो । यस खेलमा धोनीले ५९ बलमा ३७ रन बनाए भने उनको इनिङमा मात्र २ चौका सामेल थिए । तेस्रो तथा अन्तिम वानडे खेलमा धोनीले ६६ बलमा ४२ रन बनाए । उनले यसपटक चार चौका प्रहारगरे । यो निर्णायक खेल पनि हारेपछि इंग्ल्यान्डले सिरिज २–१ ले जित्यो।

यसैमा पूर्व कप्तान सौरभ गांगुलीले बताए—यदि धोनीले खेल्ने हो भने प्रदर्शन राम्रो गर्नुपर्छ । अहिले त उनी संघर्षरत छन् । उनले स्थिति परिवर्तन गर्न सक्छन् किनभने उनी भारतका गजबका खेलाडी हुन् । हालको प्रदर्शन हेर्दा त्यस्तो केही देख्दैन ।

भारतीय टोलीका प्रशिक्षक रवि शास्त्रीले धोनीले अम्पायरसँग बल लिनुको कारण बल बलिङका कोच भरत अरुणलाई देखाउनको लागि भएको बताए । उनले भने—एमएस सो बल भरत अरुणलाई देखाउन चाहेका थिए । बल कति हदसम्म खराब भएको त्यो पता लगाउनका लागि देखाउन खोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्