विश्व कीर्तिमानी रकम पाएपछि बेचियो



लन्डन, (एजेन्सी)
इटालियन सिरी ए क्लब रोमाले गोलकिपर एलीसनलाई लिभरपुललाई बेच्ने तय गरेको छ । ब्राजिलियन गोलकिपरलाई ६ करोड ६८ लाख पाउन्डमा लिभरपुलले किन्न लागेको हो ।

रोमाका स्पोर्टिङ डायरेक्टर मोचीले विश्व कीर्तिमानी रकमको प्रस्ताव आएपछि बेच्न तयार भएको बताए । उनले भने—एलीसनको लिभरपुलसँग सम्झौता आधिकारिक छिटै हुृनेछ । उनीहरुले विश्व कीर्तिमान रकम प्रस्ताव राखे हामीले गोलकिपरलाई बेच्न निर्णय लियौं ।

२५ वर्षीय एलीसनको लागि निर्धारित गरिएको उक्त ट्रान्सफर रकमले वर्तमान कीर्तिमानलाई पछि पारेको छ । यसअघि सन् २००१ मा युभेन्टसले पर्माबाट गियानलुइगी बुफोनलाई किन्दा ५ करोड ३० लाख युरो तिरेको थियो । अहिले प्रिमियर लिग क्लबले एलीसनका लागि ७ करोड युरो ट्रान्सफर रकमले नयाँ कीर्तिमान राख्न लागेको छ । यो सम्झौतापछि एलीसन महगो गोलकिपर हुने पक्का छ ।

एलीसनले रोमाका लागि दुई वर्ष खेलेका छन् । उनले गत सिजनमा ३७ सिरी ए खेल खेले । रोमाले यस सिजनमा ठूला खेलाडी आबद्ध गर्ने क्रममा पेरिस सेन्ट जर्मेनका मिडफिल्डर ह्याभिइर पास्टोरलाई २ करोड १८ लाख पाउन्ड र आयक्सका विंगर जस्टिन क्लुभर्टलाई १ करोड १५ लाख ६० हजार पाउन्ड तिरेको छ । क्लबले बेल्जियमका मिडफिल्डर राडया नाइंगगोलनलाई सिरी एक कै प्रतिद्वन्द्वी इन्टर मिलानलाई बेचेको थियो ।

रोमाका फुटबल निर्देशक मोन्चीले समर्थकले क्लबको लागि सोच्नु पर्ने भन्दै बताए—समर्थकले पहिले बुझ्नु प¥यो कि क्लबको स्तर । म उनीहरुलाई बलियो टोली बनाउन गइरहेको छु भन्ने थाहा दिन चाहन्छु ।

हामीले क्लुइभर्ट, पास्टोरलाई अनुबन्ध गर्न सक्षम भयौ । यस्तो केही समर्थकले कहिल्यै सोच्दैनन् । शायद यो उनीहरुको लागि कठिन क्षण होला तर हामीले शीर्ष खेलाडी क्लबमा भित्र्याएका छौं । म यहाँ बलियो टोली निर्माण गर्न आएको हुँ । हामीले धेरै वर्ष राम्रो गर्नु छ, एक वर्षको लागि होइन । मलाई यकिन छ कि १ सय प्रतिशत हामीले राम्रो गर्न सक्नेछौ ।

प्रतिक्रिया दिनुहोस्